अटोमेटीक कार चलाउँदा ध्यान दिनै पर्ने ३ कुरा

काठमाडौं । अहिले बजारमा म्यानुअलकारभन्दा बढी अटोमेटीक कार विक्री हुन थालेको छ । मुख्यतया ईभीको प्रयोग बढ्दै जाँदा यस्तो अवस्था आएको हो ।

इन्टरनल कम्बस्चन इन्जिनमा पनि अटोमेटीक कारको प्रयोग बढ्दै गएको छ । ईभीभने पूर्ण अटोमेटीक मात्रै उपलब्ध छन् । यदि तपाईँ पनि अटोमेटीक कार चलाउनु हुन्छ भने केही कुराहरुलाई ध्यानमा राख्न एकदमै जरुरी हुन्छ ।

म्यानुअल कारको तुलनामा अटोमेटीक कार जाम भएको रोडमा होस् वा खुल्ला रोडमा चलाउन निकै सजिलो हुन्छ । अटोमेटीक कार ड्यूल प्याडल टेक्नोलोजी फिचरको साथमा आउँछ, त्यही कारण चालकलाई क्लच थिच्न र लगातार गियर परिवर्तन गर्नु पर्दैन ।

अहिले आएका नयाँ इन्टरनल कम्बस्चन इन्जिन भएका कारहरुमा सिभिटी, एएमटी र ड्यूल क्लच टेक्नोलोजीमा आधारित अटोमेटीक गियरबक्स पाउन सकिन्छ । यस्ता अटोमेटीक कार चलाउँदा केही गल्ती भएको खण्डमा दुर्घटना हुनसक्छ । त्यसैले निम्न कुरामा ध्यान दिनु पर्छ ।

ह्याण्ड ब्रेक वा पार्किङ ब्रेक प्रयोग गर्ने

कार पार्क गर्ने समय जहिलै गियर सिफ्टरलाई पार्किङ मोडमा राख्ने र ह्याण्ड ब्रेक लगाउने गर्नुपर्छ । यसरी ब्रेक लगाउँदा कारको गियरबक्समा धेरै प्रेसर पर्दैन । एएमटी गाडीको मामलामा भने सिफ्टरको न्युटल मोडमा राखेर ह्याण्ड ब्रेक लगाउनु पर्छ । यस्ता गाडीमा पार्किङ मोड दिइएको हुँदैन ।

कार चलाउँदा लेफ्ट खुट्टाको प्रयोग नगर्ने

अटोमेटीक कारमा क्लच हुदैन । यसमा केवल दुई पेडल मात्रै हुन्छ । यो कारमा राइट खुट्टाको प्रयोग मात्रै हुन्छ । विशेषत ब्रेक र एक्सीलेरेटर थिच्न दायाँ खुट्टा मात्रै प्रयोग गर्नु पर्छ ।

धेरैजसो चालकहरुले म्यानुअल जस्तै अटोमेटिक कार चलाउँदा दुबै खुट्टाको प्रयोग गर्ने गल्ति गर्छन् । यो गल्तिले ब्रेक थिच्चिने सम्भाबना धेरै हुन्छ । यसले ठूलो दुर्घटना पनि हुनसक्छ ।

ड्राइभिङ भइरहेको समय न्युटलमा सिफ्ट नगर्ने

जब अटोमेटीक कार गुडिरहेको हुन्छ, त्यतिबेला झुक्केर पनि न्युटलमा सिफ्ट गर्नु हुँदैन । जब कार गुडिरहेको हुन्छ, न्युटलमा सिफ्ट गर्दा गियर सिस्टममा टुटफुटको सम्भाबना धेरै हुन्छ ।


Back_to_top