‘२५० एसआर’ उत्कृष्ट स्पोर्टस् रेसिङ मोटरसाइकल, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । स्पोर्टस् रेसिङ मोटरसाइकल ‘२५० एसआर’ सिएफ मोटोले नेपालमा विक्री गर्दै आएको छ । विशेषत युवा लक्षीत यो मोटरसाइकलले उत्कृष्ट भएरपनि बजार भने पाउन सकिरहेको छैन ।

६ लाख ५० हजार रुपैयाँ मूल्य निर्धारण गरेर विक्री भइरहेको यो मोटरसाइकल स्पोर्टस् रेसिङको लागि उत्कृष्ट मेसिन मानिन्छ । यसलाई चालकले सहजै ट्रायक रेसिङ र दैनिक कामको लागि प्रयोग गर्न सक्ने किसिमले तयार पारिएको कम्पनीले दाबी गरेको छ ।

निकै स्पोर्टी एसआरमा २४९.२ सीसी क्षमताको एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले ९७५० आरपीएममा २७.५ हर्स पावर र ७५०० आरपीएममा २२ एनएम टर्क प्रदान गर्छ । कम्पनीले यसमा ६ स्पीड वेट मल्टी प्लेट स्लीपर क्लच दिएको छ । यसको उच्चगति क्षमता २५० किलोमिटर प्रतिघन्टा रहेको छ ।

स्पीडलाई मुख्य प्राथमिकतामा राखेर तयार गरिएको यो मोटरसाइकलमा लाइट वेट म्याटेरियल प्रयोग गरिएको छ । ट्रायाक रेसिङको लागि उपयुक्त बनाउन यसमा लोअर ह्याण्डलवार, स्पोर्टस् राइडिङ सेन्स जस्ता फिचर दिइएको छ । यसमा चिलको आँखा जस्तो सेपमा एलइडी हेडल्याम्प पाउन सकिन्छ ।

यसमा प्रयोग भएको एफआई टेक्नोलोजी बोस्चबाट लिइएको हो, जसले उत्कृष्ट माइलेज दिने कम्पनीको दाबी छ । दुबै चक्कामा डिस्क ब्रेक, एबीएस, अगाडि यूएसडी फर्क सस्पेन्सन पाउन सकिन्छ ।

अल न्यू फुल कलर टिएफटी डिस्प्ले, दुई ड्राइभिङ मोड, डिजिटल कनेक्टीभीटी जस्ता फिचर यसमा पाउन सकिन्छ ।


Back_to_top