काठमाडौं । सीएफ मोटोको नेपालको लागि आधिकारिक विक्रेता अन्ना इन्टरनेशनलले नयाँ मोटरसाइकलको बुकिङ खुल्ला गरेको छ । कम्पनीले २५० सीसी क्षमताको नयाँ मोटरसाइकलको बुकिङ खोलेको हो ।
कम्पनीले २५० सीसी सेग्मेन्टमा स्पोर्टस् रेसिङ मोटरसाइकल नेपाली बजारमा ल्याउने तयारी पुरागरि बुकिङ लिन सुरु गरेको हो । कम्पनीले सिएफ मोटो ‘२५० एसआर’ नेपाल ल्याउने भएको हो ।

सीएफ मोटो ‘२५० एसआर’मा २४९.२ सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९७५० आरपीएममा अधिकतम २७.४ एनएम र ७५०० आरपीएममा अधिकतम २२ एनएम टर्क जेनेरेट गर्छ । यसमा स्लीपर क्लच सहितको ६ स्पीडको गियरबक्स उपलब्ध रहने छ । यसको टप स्पीड क्षमता २५० किलोमिटर प्रतिघन्टा रहेको छ ।
त्यसैगरि यसमा अल एलइडी लाइट, एबीएस, डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, टीएफटी स्कृन जस्ता फिचर रहेका छन् । कम्पनीले यसको मूल्य ६ लाख ९० हजार रुपैयाँ निर्धारण गरेर बुकिङ लिइरहेको छ ।
यो मोटरसाइकल बुकिङ गर्न चाहने ग्राहकले टोकन रकम बुझाएर बुकिङ गर्न सक्नेछन् । सीएफ मोटोको सबै शोरुमबाट यो मोटरसाइकल बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।


