सीएफ मोटोको ३०० एसआर सार्वजनिक हुँदै

सीएफमोटोले भारतीय बजारमा सिएफमोटो ३०० एसआर मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले २०२० को अगस्टबाट बजारमा ल्याउने भएको यो मोटरसाइकललाई गत मेमा प्रदर्शन गरेको थियो ।

कम्पनीले यस मोटरसाइकलमा एलइडी डे टाइम रनींग लाइट, एलइडी हेडल्याम्प, पिलियन सिट लगाइएको छ ।  फ्रन्टमा प्रीमिएम ब्रेम्बो ब्रेक लगाइएको छ भने, फ्रन्टमा अपसाइड डाउन फर्क र रियरमा मनोशक लगाइएको छ । 

यसमा सिल्क टायर, अक्रापोभिक एक्जस्ट, स्पोर्ट र रेन ड्राइभिंग मोड, टिएफटि इन्स्ट्रुमेन्ट कन्सोल जस्ता फिचर दिइएको छ ।

यसमा उपलब्ध क्लिप अन ह्यान्डबारले राइडींगलाई थप स्पोर्टी बनाउने कम्पनीको दाबी छ । यो मोटरसाइकलमा उपलब्ध २९२.४ सीसी लिक्वीड कुल्ड सिंगल सिलिन्डर इन्जिनले ७२ सय आरपीएममा ३३.९ पीएस पावर र ८८०० आरपीएममा २०.५ एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा ६ स्पीड गियरबक्स जडान गरिएको छ ।

यस मोटरसाइकलले टीभीएस अपाची आरआर ३१० मोटरसाइकलसँग प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ ।


Back_to_top