सीएफ मोटोले बढायो मोटरसाइकलको मूल्य, कुनको मूल्य कति

काठमाडौं ।सीएफ मोटोले दुई मोडलको मोटरसाइकलमा मूल्य वृद्धि गरेको छ । कम्पनीले १५० एनके र २५० एनके को मूल्य वृद्धि गरेको हो ।

कम्पनीले यी दुई मोटरसाइकलको मूल्यमा १० देखी १४ हजार रपैयाँले मूल्य वृद्धि गरेको हो ।

कम्पनीले सीएफ मोटो १५० एनके नयाँ ग्राफिक्समा नेपाल ल्याएको हो । चिनियाँ मोटरसाइकल सीएफ मोटोका एनके १५० ग्रे र ब्लु कलर गरि दुई अप्सनमा नेपाल आएको हो । सीएफ मोटोका मोटरसाइकल अन्ना इन्टरनेशनले नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ ।

कम्पनीले १५० एनकेको ग्रफिकमा परिवर्तन गरेको छ । यसमा कुनै पनि मेकानिकल परिर्वतन भने गरिएको छैन् । नयाँ ग्राफिकसहित आएको १५० एनकेको मूल्य वृद्धि भएको कम्पनीले जनाएको छ । यसको मूल्य बढेर ३ लाख ३५ हजार ५ सय रुपैयाँ पुगेको छ । यस अघि यसको मूल्य ३ लाख २१ हजार ५ सय रुपैयाँ रहेको थियो ।

त्यसैगरि सीएफमोटो २५० एनके को मूल्य बढेर ५ लाख ६५ हजार ५सय रुपैयाँ पुगेको छ । यस अघि यसको मूल्य ५ लाख ५५ हजार ५ सय रुपैयाँ रहेको थियो ।

त्यसैगरि कम्पनीको अर्को मोटरसाइकल २५० एसआरको मूल्य ६ लाख ९० हजार रुपैयाँ रहेको छ । यसको मूल्यमा भने परिर्वतन भएको छैन् ।

२५० एसआरमा भने कम्पनीले नगद २५ हजार रुपैयाँ छुट प्रदान गर्ने सीएफ मोटो नक्सालका शोरुम इन्र्चाज सुरज श्रेष्ठले मेरोअटोलाई बताए ।


Back_to_top