चर्चित इलेक्ट्रीक माइक्रो अब सिजीको आफ्नै ब्राण्डमा

काठमाडौं । सिजी मोटर्सले बिक्री गर्दै आएको केवाइसी भ्यानमा अब सिजीले आफ्नो ब्राण्ड नेम थपेर ल्याएको छ । यसअघि केवाइसी नामबाट मात्रै उपलब्ध माइक्रो भ्यान अब ‘सिजी केवाइसी’ नामबाट ल्याएको हो ।

नेपाली बजारमा सर्वाधिक सफल केवाइसी भ्यान देशका हरेक कुना काप्चामा चल्न थालिसकेको छ । संचालन खर्च कम र चालकले राम्रो आम्दानी गर्ने भएको कारण धेरैको रोजाइमा केवाइसी पर्न सफल भएको हो ।

कम्पनीले देशभर फैलाएको चार्जिङ नेटवर्कको कारण पनि केवाइसी सफल हुँदै गएको थियो । बिक्रीमा सफलतासँगै कम्पनीले सिजी ब्राण्डको नाम पनि यसमा थपेर ल्याएको हो ।

विश्वकै ठूलो ब्याट्री उत्पादक सिएटीएलले उत्पादन गरेको ४१.८६ किलोवाट आवरको ब्याट्री प्रयोग भएको सिजी केवाइसी भ्यानमा ५० किलोवाट पीकपावरको मोटर छ ।

गाडीले ५० किलोवाटसम्मको डिसी फास्ट चार्जर र ११ किलोवाट क्षमतासम्मको एसी (जिवीटी पोर्ट) चार्जर सपोर्ट गर्छ । चालक सहित ११ जनाले यात्रा गर्न सक्ने यो भ्यान १८० एमएमको ग्राउन्ड क्लियरेन्स भएको कारण केही खराव बाटोमा पनि उत्कृष्ट पर्फमेन्स गर्न सक्षम छ ।

यसको लम्बाई ४४९५ एमएम, चौडाई १६८० एमएम र उचाई १९९० एमएम रहेको छ । यसमा २९३० एमएम लामो ह्वीलवेस रहेको छ । यसको टप स्पीड क्षमता भने १०० किलोमिटर प्रतिघन्टा रहेको छ ।

भ्यानमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ । एबीएस सहितको सुरक्षा फिचर रहेको भ्यानमा रियर भ्यू क्यामेरा, टायर प्रेसर मोनिटर, रिजेनेरेटीभ ब्रेकिङ, सेन्ट्रल लक, १५ इन्चको अलोय ह्वील जस्ता फिचर छन् । यसको मूल्य ४५ लाख ५० हजार रुपैयाँ रहेको छ ।


Back_to_top