सीजी मोटर्सले नेपालमै सीएटीएल ब्याट्रीको सर्भिस सेन्टर स्थापना गर्ने

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोर्टसले नेपालमा विश्वकै ठूलो ईभी ब्याट्री निर्माता कम्पनी सीएटीएल को ब्याट्री ल्याब र सर्भिस सेन्टर स्थापना गर्ने भएको छ।

नेपालमा बढ्दो ईभीगाडीहरू तथा ग्राहकहरूमाझ ब्याट्रीलाई लिएर देखिएको दुविधालाई अन्त्य गर्न सीजी मोर्टसले ब्याट्रीको सुविधा सम्पन्न सर्भिस सेन्टर तथा ल्याब स्थापना गर्न लागेको हो।

सेवाग्राहीमैत्री ब्राण्डले सबैको मन जित्न सफल सीजीको यो कदमले ग्राहकलाई थप विश्वास दिलाउने अपेक्षा गरिएको छ ।

ब्याट्री सर्भिस सेन्टर निर्माण २०२४ सेप्टेम्बरबाट सुरू हुने कम्पनीले जनाएको छ। ब्याट्री सर्भिस सेन्टर तथा ल्याबको लागि छुटै सर्भिस हबबाट सेवा उपलब्ध गराउने लक्ष्य कम्पनीले लिएको छ ।

सीजीले उच्च दक्ष र सीएटीएलको प्राविधिक ट्रेनिङ लिएर सेवा उपलब्ध गराउने जनाएको छ। ब्याट्री सर्भिसमा उत्कृष्ट ठहरिएका प्राविधिकहरूले सो सर्भिस सेन्टरबाट सेवा दिने कम्पनीले जनाएको छ।

तथ्याङ्क अनुसार विश्व बजारमा ३७ प्रतिशत बजार ओगटेको सीएटील ब्याट्रीको नेपालमा बजार हिस्सा दुईतिहाई रहेको छ।

सीजी मोटर्सले स्थापना गर्न लागेको सर्भिस सेन्टरमा आफ्नो ब्रान्ड प्रयोग गर्ने ग्राहक बाहेक नेपालमा सीएटीएलको ब्याट्री जडित अन्यअरू थुप्रै ब्राण्डको ग्राहकले पनि सेवा लिन सक्ने कम्पनीले जनाएको छ।


Back_to_top