फिचर परिवर्तन भएर आउँदै ‘क्लासिक ३५०’

काठमाडौं । रोयल इनफिल्ड क्लासिक ३५० को अपडेटेड भर्सन भारतीय बजारमा सार्वजनिक हुने भएको छ । रोयल इनफिल्डले अगष्ट १२ मा क्लासीक ३५० को अपडेटेड भर्सन सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले आफ्नो सबैभन्दा धेरै बिक्री हुने मोटरसाइकल क्लासीक ३५० मा कस्मेटिक परिर्वतनका साथ केही फिचर थप गरेर सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले नयाँ क्लासीक ३५० मा एलइडी लाइटहरूको प्रयोग गर्नेछ भने, यसमा नयाँ ग्राफिकको प्रयोग गर्नेछ । नयाँ मोडलको इन्जिनमा भने कुनै परिर्वतन नहुने अनुमान गर्न सकिन्छ । यसमा भएको ३४९ सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिनले २० हर्षपावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ ।

कम्पनीले यसका अलावा केही सामान्य फिचरहरू थप गर्ने अनुमान गर्न सकिन्छ भने कम्पनीले ठुलै परिर्वतन गर्ने छैन ।

हाल भारतीय बजारमा बिक्री भइरहेको क्लासीक ३५० को मूल्य १ लाख ९३ हजार रुपैयाँदेखि २ लाख २५ हजार रुपैयाँसम्म (एक्स सोरुम) रहेको छ ।

नयाँ भर्सन क्लासीक ३५० पुरानै मूल्यमा आउने अनुमान गर्न सकिन्छ । कम्पनीले नयाँ मोटरसाइकलमा के कस्ता फिचर थप गरेको छ भन्ने बारेमा कुनै जानकारी बाहिर ल्याएको छैन ।


Back_to_top