काठमाडौं । जिकर एक्स नेपालको लागि हिडिसकेको आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले जानकारी दिएको छ । कम्पनीले नेपाल ल्याइरहेको जिकर एक्स मोडलको डिटेल सार्वजनिक गरेको हो ।
कम्पनीले नेपाल ल्याइरहेको जिकर एक्स रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुनेछ । कम्पनीले ४४० किलोमिटर रेन्ज दिने ६६ किलोवाट आवरको ब्याट्री रहने जानकारी दिएको हो ।
जिकर एक्सले २२ किलोवाट क्षमताको एसी चार्जर सपोर्ट गर्छ । यसमा रहेको एसी चार्जरले नै ४ घन्टामा गाडी फुल चार्ज गर्न सक्नेछ । डिसी चार्जर भने १५० किलोवाटसम्मको सपोर्ट गर्छ ।
जिकर ब्राण्ड र त्यसको उत्पादनका विषयमा पायोनियर मोटोकर्पका निर्देशक सन्दीप कुमार शारडा भन्छन्, ‘युगको माग अनुसार निर्माण भएको जिकरका एसयूभीहरु आधुनिक जीवनशैली सुहाउँदो, वातावरण मैत्री र उच्च स्तरियर पर्फमेन्स दिन सक्ने किसिमले तयार भएको छ । यसलाई नेपालमा ल्याउन पाउँदा हामी निकै खुसी छौं ।’
एरोडाइनामिक्स डिजाइन, कटिङ एज टेक्नोलोजीको प्रयोग पानारोमिक शनरुफ, डबल एज्ड डिआरएल, क्लोज अफ ग्रिलले गाडीलाई निकै आकर्षक देखाएको छ । यसमा जिकरको इन्टेलिजेन्ट बी–पीलरको प्रयोग भएको छ । त्यसको सहायताले गाडीमा प्रबेश गर्नुअघि नै महत्वपूर्ण जानकारी डोर ह्याण्डलमा देखाउने छ ।
यामाहाको अडियो सिस्टम, भ्यान्टिलेटेड सिट, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८.८ इन्चको इन्ट्रूमेन्ट क्लष्टर, चालकले गाडीसँग कुरा गर्न मिल्ने ककपिट यसको भित्र पाउन सकिन्छ ।
जिकरको सस्टेनेवल एक्सपेरियन्स आर्किटेक्चरमा बनेको एक्स मोडलमा एड्भान्स ड्राइभर एसिस्ट सिस्टम रहेको छ ।