काठमाडौं । चांगानले आफ्नो सब-ब्रान्ड दिपलको तेस्रो मोडल ‘दिपल जी-३१८’ एसयूभी चीनमा सार्वजनिक गरेको छ । चांगानले यो एसयूभीको नाम संघाईबाट नेपाल-चीन सीमामा पर्ने झांग्मुलाई जोड्ने राष्ट्रिय राजमार्ग जी-३१८ को नाममा राखेको हो ।
कम्पनीले नयाँ एसयूभीको नाम जी-३१८ को सिचुआन प्रान्त र तिब्बत आकर्षक दृश्यका लागि मात्र होइन, कठोर भूगोलका लागि पनि परिचित छ । त्यसैले चांगानको सबैभन्दा कठोर स्थानमा चलाउन मिल्ने जी-३१८ लाई धुलाम्ये बाटोमा चलाउन मात्र होइन, कठिन अफरोडमाथि जीत हासिल गर्न डिजाइन गरिएको छ ।
दिपल जी-३१८ वास्तवमै ठूलो छ । यसको ह्विलवेस ल्यान्ड क्र्युजर एलसी-३०० कोभन्दा लामो छ र यसको एक्सटेरियर र इन्टेरियर दुवै ओरिजिनल छन् ।
यो एसयूभीमा पारम्परिक ग्रिल छैन किनभने दिपल जी-३१८ प्लगइन हाइब्रिड मोडल हो । यसको हुडमुनि १.५ लिटरको इन्जिन छ, जसले १५० एचपी पावर उत्पन्न गर्छ । यसको प्रयोग जेनेरेटरको रुपमा मात्रै हुन्छ ।
एसयूभीमा दुई वटा इलेक्ट्रीक मोटर छ । दुबै मोटरको संयुक्त पावर ४३० एचपी छ । अल ह्वील ड्राइभको साथमा ‘ट्यांक टर्न’ प्रविधि भएको कारण यसलाई बसेकै ठाँउबाट घुमाउन सकिन्छ ।
दिपलले गरेको ‘लन्च इभेन्ट’मा जी-३१८ लाई ६० डिग्रीको उकालोमा चढिरहेको देखाइएको छ । दिपल जी-३१८ मा २७ डिग्रीको अप्रोच एङ्गल र ३१ डिग्रीको डिपार्चर एङ्गल पाउन सकिन्छ । नयाँ एसयूभीमा ५ वटा रेगुलर ड्राइभ मोड वेडीङ, स्नो, रफ टेरेन, मड र स्यान्ड छन् । साथमा ५ वटा अफरोड डेडिकेटेड मोडसमेत दिएको छ ।

कारमा थ्री स्पोक स्टेरिङ ह्वील, १४.६ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, १२.३ इन्चको डिजिटल इन्ट्रुमेन्ट प्यानल, पर्फोरेटेड लेदर सिट र गोल्ड एक्सेन्ट दिइएको छ ।
दिपल जी-३१८ को लम्बाई ५०१० एमएम, चौडाई १९८५ एमएम र १९६० एमएमको उचाई छ । यसमा २८८० एमएम लामो ह्वीलवेस छ । यसमा दिइएको ब्याट्रीले सिंगल चार्जमा १५५ किलोमिटर रेन्ज प्रदान गर्छ ।
दिपलको जी-३१८ को बिक्री यसै वर्षको दोस्रो क्वाटरबाट सुरु हुने बताइएको छ । सम्भवत यसको मूल्य ४१ हजार डलर हाराहारीमा हुने अनुमान गरिएको छ ।
दिपलले राइट ह्याण्ड ड्राइभ सिस्टम भएको जी-३१८ थाइल्याण्डमा समेत छिटै बिक्री सुरु गर्ने योजना बनाएको छ । त्यसैले यो एसयूभी नेपालमा पनि चाँडैनै आउने अनुमान गर्न सकिन्छ ।


