काठमाडौ । ट्रकको ठक्करबाट प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतका पिएसओको मृत्यू भएको छ । ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार मुख्यमन्त्री कार्यालयमा कार्यरत एक जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको हो।
धनुषाको मिथिला नगरपालिका-१० लालगढस्थित मोडल अस्पतालनजिक शुक्रबार बिहान करिब साढे दुई बजेतिर ट्रकले प्रहरी सहायक निरीक्षक मदनजंग कापर सवार लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए।
आफ्नो ड्युटी सकेर घर जाँदै गर्दा ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको हो जनाइएको छ ।
उनकाे शव प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
उक्त घटना पश्चात ट्रकसहित चालक फरार भएका छन् ।

