नयाँ टाटा सफारीमा छन् यी ५ हाइटेक फिचर, कहिले आउला नेपाल

काठमाडौं । टाटाले केहि समयअघि भारतमा सार्वजनिक गरेको आफ्नो आइकोनिक एसयूभी सफारीमा विभिन्न ५ हाइटेक फिचर पाउन सकिन्छ । टाटाको मोर्डन सफारी नेपाली बजारमा पनि चाँडै आउने अनुमान गरिएको छ ।

टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले केहि दिनअघि मात्रै नेपाली बजारमा आफ्नो सबै मोडल बीएस ६ इन्जिनमा उपलब्ध गराएको थियो । संभवत कम्पनीले आगामी अटो शोसम्ममा सफारी पनि नेपाली बजारमा विक्री सुरु गर्ने छ ।

सुरुमा कम्पनीले टाटा एच ५ कै ७ सिट क्षमताको भर्सनको रुपमा बजारमा ल्याउने जनाइएको सफारीमा एच ५ को तुलनामा निकै उत्कृष्ट फिचरहरु प्रदान गरेको छ । यस्तोमा यसमा रहेका ५ हाइटेक फिचर यस प्रकार छन् ।

बोस मोडः बोस मोडले अगाडी बढेको प्यासेन्जरको सिटको कारण पछाडि बसेको प्यासेन्जरलाई घुँडा ठोक्कीने अवस्था आएको खण्डमा उसले पछाडिबाटै अगाडिको सिटलाई मिलाउन सक्ने सुविधा पाउने छ । यसले पछाडि बसेर यात्रा गर्ने यात्रुलाई सहज बनाउँछ ।

पानारोमिक सनरुफः टाटाले केहि वर्ष अघिसम्म आफ्ना कुनैपनि कारमा सनरुफ दिएको थिएन । पछिल्लो दिनमा कम्पनीले एच ५ र नेक्सनमा सनरुफ दिएको थियो । सफारीमा आईपुग्दा ठूलो पानारोमिक सनरुफ दिएको छ । यसले नयाँ सफारीलाई किनै आकर्षक देखाएको छ ।

कनेक्ट कार टेकः टाटाले नयाँ सफारीमा आईआरए कनेक्ट कार टेक फिचर दिएको छ । यसमा सेफ्टी फिचर, मनोरञ्जन र डाइनोस्टीक फिचर चलाउन सकिन्छ ।

उत्कृष्ट सिटः कम्पनीले सफारीमा उत्कृष्ट सिट व्यवस्था गरेको छ । यसलाई ६ र ७ सिट क्षमतामा बजारमा पाउन सकिन्छ । लामो यात्रा गर्दा पनि थकान महशुस नहुनेगरि यसको सिट मिलाइएको छ ।

जेवीएलको अडियो सिस्टमः सफारीको टप भेरियन्टमा जेबीएलको ९ वटा स्पीकर पाउन सकिन्छ । यसले म्यूजिक प्रेमीलाई छुट्टै आनन्द प्रदान गर्ने छ ।


Back_to_top