‘मोडल वाइ र सिगल’ बीच चीनमा प्रतिस्पर्धा, यी हुन् धेरै ईभी बेच्ने १० कम्पनी

काठमाडौं । टेस्ला मोडल वाइ र बीवाइडी सिगल ह्याचव्याक बीच चीनमा सर्वाधिक बिक्री हुने इलेक्ट्रीक कार मोडलमा प्रतिस्पर्धा भएको छ । मूल्यका हिसावले ठूलो अन्तर रहेको यी दुई मोडल नोभेम्बर २०२३ मा सर्वाधिक बिक्री भएका इलेक्ट्रीक कार हुन् ।

रमाइलो त के छ भने दुबै कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार यी दुबै मोडलको बिक्री समान ४९ हजार ८७७ यूनिट रहेको छ ।

इलेक्ट्रीक कारको सबैभन्दा ठूलो बजार चीनमा नोभेम्बर महिनामा ५ लाख ५२ हजार यूनिट प्योर ईभी बिक्री भएको थियो । चीनमा लगातार ईभीको बिक्री बढ्दै गएको छ ।

नोभेम्बरमा बीवाइडीले १ लाख ४० हजार १०३ यूनिट ईभी बिक्री गर्दै पहिलो स्थानमा रहेको हो । कम्पनीले सबैभन्दा धेरै ह्याचव्याक कार सिगल बिक्री गरेको हो । त्यस्तै क्वीन प्लस, सोङ प्लस, युवान प्लस र डल्फिन लगायतका धेरै बिक्री गरेको प्योर इभी मोडल हुन् ।

त्यस्तै चीनमा टेस्लाले नोभेम्बरमा ६५ हजार ५०४ यूनिट इलेक्ट्रीक कार बिक्री गरेको छ । कम्पनीले सबैभन्दा धेरै मोडल वाई बिक्री गरेको हो । यस अवधिमा टेस्ला मोडल वाई ४९ हजार ८७७ युनिट बिक्री भएको थियो ।

तेस्रो धेरै बिक्ने ईभीमा उलिङको ४७ हजार ८४६, चौथोमा एओन ३८ हजार ८०४, पाँचौमा फक्सवागेन २० हजार ६०९, छैठौमा एक्सपेङ २० हजार ४१, सातौमा लिप मोटर्सको १८ हजार ५०८ यूनीट बिक्री भका छन् ।

धेरै बिक्री गर्नेको सूचीमा आठौमा चांगानको १७ हजार २५ यूनिट, नवौमा नियोको १५ हजार ९५९ यूनिट र दशौंमा जीलीको १५ हजार १८८ वटा प्योर ईभी बिक्री भएका छन् ।


Back_to_top