निरन्तर घाटामा चिनियाँ ब्राण्ड ‘नियो’, कर्मचारी कटौती गर्दै

काठमाडौं । बिक्रीमा निरन्तर गिरावट आउनु र लगातार घाटा गएपछि चिनियाँ स्टार्टअप कम्पनी नियो संकटमा परेको छ । विद्युतीय कार उत्पादनमा राम्रो चर्चा पाएरपनि कम्पनीको बढ्दो घाटा क मगर्न उसले १० प्रतिशत कर्मचारी कटौती गर्ने अप्रिय निर्णय लिएको हो ।

नियोले १० प्रतिशत कर्मचारी कटौतीपछि वार्षिक २ बिलियन युवान (२०६ मिलियन डलर) वचत हुने जनाएको छ । नियोका फाउण्डर चेयरम्यान तथा सीईओ विलियम लिले गत नोभेन्बरमा इन्टरनल लेटर मार्फत लेअफ प्लानको घोषणा गरेका थिए ।

गत डिसेम्बर ३१, २०२२ सम्मको रिपोर्ट अनुसार नियोमा २६ हजार ७६३ पूर्णकालिन कर्मचारी थिए । कम्पनीले कर्मचारी कटौतीका साथै कम्पनीको इफिसीयन्सी बढाउन अर्गनाइजेसन अप्टीमाइजेसन प्लान अन्तर्गत दोहोरो परेका डिपार्टमेन्ट तथा उसको भूमिका समायोजन गर्ने जनाइएको छ ।

नियोको यो लेअफ सबै विजनेस भर्टिकलमा लागू हुने जनाएको छ । तर, पनि कम्पनीको ब्याट्री तथा फोन बिजनेसमा धेरै प्रभाव पार्ने बताइएको छ ।

नियोको दोस्रो क्वाटरमा ग्रस मार्जिन घटेर १.० प्रतिशत भएको छ । जुन अघिल्लो वर्षको सोहि क्वाटरमा १३ प्रतिशत रहेको थियो । नियोले विजनेस स्केल बढाए अनुसार पर्फमेन्स बढेको छैन । गत वर्षको तेस्रो क्वाटरबाट नियोको प्रति क्वाटर ६ बिलियन युवान सम्पति घटिरहेको छ ।

चालु वर्षको मध्यसम्म नियोको क्यास तथा क्यास इकुभ्यालेन्ट ३१.५ बिलीयन युवान बाँकी रहेको छ । उक्त सम्पति पहिलो क्वाटरमा ३७.८ बिलियन युवान रहेको थियो । नियोले तेस्रो क्वाटरको रिपोर्ट अझै सार्वजनिक गरेको छैन ।

कम्पनीको जारी गरेको दोस्रो क्वाटरको रिपोर्ट अनुसार ८.७७ बिलियन युवान मात्र रेभिन्यू छ, जुन अघिल्लो वर्षको सोहि क्वाटरको दाँजोमा १४.७९ प्रतिशत र यहि वर्षको पहिलो क्वाटरको दाँजोमा १७.८६ प्रतिशतले कम हो ।


Back_to_top