ग्राहकलाई दिन सुरु भयो सेरेस-३ ईभी, तिहार अगाडि ५० जनाले पाउने

काठमाडौं । एमएडब्लू वृद्धिले सेरेस-३ ग्राहकलाई हस्तान्त्रण सुरु गरेको छ । कम्पनीले नाडा अटो शो २०२३ मा बुकिङ गरेका ग्राहकलाई गाडी डेलिभरी दिन सुरु गरेको हो ।

कम्पनीले पहिलो लटमा कम्तीमा ५० ग्राहकलाई सेरेस ३ कार हस्तान्त्रण गर्ने जनाएको छ ।

‘तिहार अगाडि ५०/६० जना ग्राहकलाई गाडी दिने योजना बनाएका छौं । तिहार लगत्तै भने ठूलो संख्यामा गाडी डेलिभरी गर्छौ’, कम्पनीका विजनेश हेड प्रसन्न पन्तले भने ।

उनका अनुसार अहिले गाडी भन्सार बिन्दुबाट छुटिरहेका छन् । चाँडै बुकिङ गरेर बसेका ग्राहकलाई गाडी दिइसक्ने योजना कम्पनीले बनाएको छ ।

सेरेस-३ दुई भेरियन्टमा उपलब्ध हुनेभन्दै कम्पनीले बुकिङ लिएको थियो । अहिले प्रिमियम भेरियन्टको मात्रै बुकिङ भइरहेको छ । यसको कम्र्फट भेरियन्ट तिहार लगत्तै नेपाल आउने कम्पनीको भनाई छ ।

अहिले सेरेस-३ को कम्र्फट भेरियन्टको मूल्य ४९ लाख ९९ हजार र प्रिमियम भेरियन्टको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ छ । सेरेसमा १९० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स छ ।

सेरेस-३मा ९९ किलोवाटको मोटर छ । साथै, दुबै भेरियन्टमा समान ५२.७ किलोवाट आवर क्षमताको ब्याट्री छ ।

आफ्नो सेग्मेन्टमा सबैभन्दा ठूलो एसयूभीको रूपमा परिचित सेरेस ३ ले आरामदायिक डबल कुशन सीटहरूका साथसाथै पर्याप्त हेडरूम र लेगरूम भएको मोडल हो ।

चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिटहरू, ३६० डिग्री क्यामेरा, ड्यास क्याम, एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल-टाइम अफलाइन जीपीएस पाउन सकिन्छ ।

यसमा १०.२५ इन्चको जडान गरिएको इन्फोटेंमेन्ट स्क्रीन र ड्राइभर इन्फोटेंमेन्ट सिस्टमले गर्दा प्रयोगकर्तालाई आरामदायिक र अन्तरक्र्रियात्मक अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।


Back_to_top