काठमाडौं । विद्युतीय गाडी बनाउने मुख्य कम्पोनेन्ट ब्याट्री हो । अहिले ब्याट्री उत्पादनमा चिनियाँ कम्पनीहरूको वर्चश्व छ । पछिल्लो ९ महिनामा ४८५.९ गिगावाट आवर ब्याट्री खपत भएको हो ।
चालु वर्षको जनवरीदेखि सेप्टेम्बरसम्मको ९ महिनामा ईभीमा ब्याट्रीको प्रयोग ४४.४ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खपत ३३६.६ गिगावाट आवर मात्रै थियो ।
यसवर्ष भएको उपभोगमा सीएटीएलको सबैभन्दा धेरै १७८.९ गिगावाट आवर छ । कम्पनीले वर्षको ११७.६ गिगावाट आवर मात्रै बिक्री गरेको थियो । उसले ५२.१ प्रतिशतले उत्पादन र विक्री बढाएको हो । यो आंकडासँगै ईभी ब्याट्रीमा सीएटीएलको बजार हिस्सा ३६.९ प्रतिशत पूगेको छ ।
दोस्रोमा बीवाइडीले ७६.६ गिगावाट ब्याट्री विद्युतीय गाडी उत्पादकलाई आपूर्ति गरेको छ । बीवाइडीको ब्याट्री अघिल्लो वर्ष ४४.७ गिगावाट आवरमात्र उत्पादन र बिक्री थियो । बीवाइडीको बजार हिस्सा १५.८ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष सोही अवधिमा १३.३ प्रतिशत मात्र थियो ।

तेस्रोमा सबैभन्दा धेरै सप्लाई साउथ कोरियन कम्पनी एलजी इनर्जीको रहेको छ । एलजीले ४९.१ गिगावाट ब्याट्री सप्लाई गरेको हो । उसको बजार हिस्सा १४.३ प्रतिशत रहेको छ ।
त्यस्तै, चौथोमा जापनीज कम्पनी पानासोनिकसँग ७ प्रतिशत बजार हिस्सा रहेको छ । पाँचौंमा फेरि अर्को कोरियन कम्पनी एसके अनको ५.१ प्रतिशत बजार हिस्सा रहेको छ ।
छैटौंमा चाइनाको सीएएलबीको बजार हिस्सा ४.६ प्रतिशत रहेको छ । साताैं, आठौं, नवौं र दशौंमा क्रमशः कोरियन सामसुङको ४.५ प्रतिशत, चाइनिज गोसन हाइटेकको २.२ प्रतिशत, इभ इनर्जीको २.१ प्रतिशत र सनओडाको १.४ प्रतिशत बजार हिस्सा छ । बाँकी ६.४ प्रतिशत बजार हिस्सा भने विभिन्न अन्य साना कम्पनीसँग छ ।


