काठमाडौं । टीभीएस मोटरसाइकलको महा एक्सचेन्ज महोत्सव सुरू भएको छ । टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा महा एक्सचेन्ज महोत्सव सुरू गरेको हो ।
कम्पनीले महोत्सवमा नगद ५० हजारसम्मको फाइदा लिन सकिने योजना ल्याएको हो । यस्तै, एक्सचेन्ज महोत्सवमा ग्राहकले मोटरसाइकल नकिन्दै १ लाख रुपैयाँसम्म जित्न सक्नेछन् । ग्राहकले अनलाइन मार्फत स्पीन गरेर १ लाखसम्म नगद छुट जित्न सक्नेछन् ।
मोटरसाइकल किनेपछि फेरि अनलाइनमार्फत मोटरसाइकलको सबै जानकारी हालेर स्पीन गर्दा ५ लाखसम्म जित्न सक्ने कम्पनीले जनाएको छ ।
एक्सचेन्ज योजना अवधिभर टीभीएसका मोटरसाइकल र स्कुटर किन्ने ग्राहकहरू मध्येबाट एकजना ग्राहकले बम्पर उपहार स्वरुप १० लाख जित्न सक्नेछन् ।

टीभीएसले अहिलेसम्मकै सर्वाधिक एक्सचेन्ज बोनस पनि घोषणा गरेको छ । आफ्नो पुरानो मोटरसाइकल दिएर टीभीएसको नयाँ साधन किन्दा ५० हजार रुपैयाँसम्म थप मूल्याङ्कन ग्राहकले पाउने छन् ।

कम्पनीले ल्याएको स्कीममा ग्राहकले आफूसँग भएको कुनै पनि पुरानो मोटरसाइकल तथा स्कुटरसँग टीभीएसको कुनै पनि नयाँ मोटरसाइकल साट्न सक्नेछन् । यसरी पुरानो मोटरसाइकलको बजार मूल्याङ्कनमा थप ५० हजारसम्म दिने कम्पनीले जनाएको छ ।

कात्तिक २१ गतेदेखि सुरू भएको यो एक्सचेन्ज मेला २५ गतेसम्म संचालन हुनेछ ।



