साइमेक्स इंकद्धारा भूकम्प पीडितलाई ११ लाख सहयोग

काठमाडौं । बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले भूकम्प प्रभावितलाई ११ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

कम्पनीले रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका भूकम्प पीडितलाई सहयोग गर्न गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा ११ लाख रुपैयाँ नगद जम्मा गरिदिएको हो ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प प्रभावितको राहतका लागि उक्त रकम सहयोग गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले नेपालमा चिनियाँ ब्राण्ड बीवाइडीका विद्युतीय सवारीसाधन बिक्री गर्दै आएको छ ।


Back_to_top