काठमाडौं । विश्वकै सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल मार्केटमा नयाँ ईभी कम्पनीहरुले पनि राम्रो पर्फर्मेन्स गरिरहेका छन् । सन् २०२४ मा चीनमा १ करोड १० लाख युनिट न्यू इनर्जी भेहिकलको बिक्री हुँदा बीवाइडीले लिड गरिरहेको छ ।
नयाँ र साना उत्पादकहरुले सन् २०२४ मा ३५ लाख युनिट न्यू इनर्जी भेहिकल उत्पादन गरेका छन् । चिनियाँ कार निर्माताहरुले खोलेको नयाँ ब्राण्ड मध्ये एलआई अटो, हार्मोनी इन्टेलिजेन्ट मोविलिटी एलाइन्स (हिमा), जीएसी एवोन, लीप मोटर, दीपल जस्ता ब्राण्डहरु टप ५ भित्र पर्न सफल भएका छन् ।
एलआई अटोले सन् २०२४ मा ५ लाख युनिट माथि कार बिक्री गर्न सफल भएको छ । कम्पनीले ८ लाख युनिट बिक्री गर्ने लक्ष्य राखेपनि पुरा गर्न भने सकेन । उसले १६.२१ प्रतिशतले बिक्री बढाउन सक्यो । सन् २०२३ को तुलनामा ५८ हजार युनिट बढी बिक्री २०२४ मा गरेको हो ।
हार्मोनी इन्टेलिजेन्ट मोविलिटी एलाइन्स (हिमा)ले ४ लाख ४५ हजार युनिट कार बिक्री गर्दै आफुलाई दोस्रो स्थानमा राख्न सफल भएको छ । हिमा भित्र आइटो, लक्सिड, म्यक्सट्रो र स्टेलेटो ब्राण्ड छन् ।

जीएसी एवोन नयाँ ब्राण्डको सूचीमा तेस्रो स्थानमा रहेको छ । कम्पनीले ३ लाख ५४ हजार युनिट कार बिक्री गरेको छ । जबकी कम्पनीले अघिल्लो वर्ष ४ लाख ८० हजार युनिट कार बिक्री गरेको थियो ।
सूचीको चौथो स्थानमा रहेको लीप मोटर्सको उत्पादन र बिक्री २ लाख ९३ हजार ७०० युनिट पुगेको छ । पाँचौ स्थानमा रहेको दीपलले २ लाख ४३ हजार युनिट कार बिक्री गर्दा २ लाख २२ हजार युनिटसहित जीकर छैटौं स्थानमा रहेको छ ।

नियोले २ लाख २१ हजार ९००, एक्सपेङले १ लाख ९० हजार, साओमीले १ लाख ३५ हजार, भोयाले ८५ हजार ७००, अबतारले ७३ हजार ६०० र आइएम मोटर्सले ६५ हजार ५०० युनिट कार उत्पादन गरेका छन् ।


