काठमाडौं । फ्रेन्च अटोमोबाइल कम्पनी सिट्रोनले भारतमा आफ्नो चौथो मोडल बसाल्टको बुकिङ सुरू गरेको छ ।
सिट्रोनले कुपे एसयूभी बसाल्टको सुरूआती मूल्य ७.९९ लाख भारतीय रुपैयाँ तोकर आजदेखि बुकिङ खुलाएको हो । यो मूल्य इन्ट्रोडक्टरी प्राइस रहेको कम्पनीले बताएको छ ।
ग्राहकले ११ हजार भारु तिरेर बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ । आगामी अक्टोबर ३१ सम्म बुकिङ गर्ने ग्राहकले मात्र इन्टोडक्टरी प्राइसमा बसाल्ट पाउने छन् ।
यो मूल्य ४.३ मिटर लामो एसयूभीहरूको भन्दा करिब ३ लाख सस्तो हो । बसाल्टको लम्बाइ ४३५२ एमएम, चौडाइ १७६५ एमएम र उचाइ १५९३ एमएम रहेको छ । यसको ह्वीलबेस २६५१ एमएमको रहेको छ । यो एसयूभीको ग्राउण्ड क्लियरेन्स १८० एमएमको रहेको छ भने यसमा ४७० लिटरको बुटस्पेश रहेको छ ।
केही दिन अगाडि सिट्रोनले बसाल्ट कुपे एसयूभीको प्रोडक्ट स्पसिफिकेसन अनभिल गरेको थियो । सिट्रोनले बसाल्टलाई साउथ अमेरिका र युरोपियन देशमा समेत लन्च गर्ने योजना बनाएको छ ।
एक्सटेरियर डिजाइन
कुपे एसयूभी बसाल्टको एक्सटेरियर आकर्षक फेसिया डिजाइनमा रहेको छ । यसमा दुई पार्टमा ग्रिल डिजाइन दिइएको छ । माथिको पार्टमा पियानो ब्ल्याक ग्रिल रहेको छ भने भने तल सिल्भर कलरको स्कीड प्लेट रहेको छ । यसमा थ्रीडी इफेक्ट दिने एलईडी प्रोजेक्टर हेडल्याम्प, सिग्नेचर एलइडी डेटाइम रनिङ लाइट, ह्वीलआर्कको माथि स्क्वायर अफ क्लाइडीङ, पिन्च विण्डो लाइन, १७ इन्चको अलोय ह्वील, पुलअप डोर ह्याण्डल रहेको छ ।
रियरमा आकर्षक डिजाइनको टेलगेट, थ्रीडी इफेक्ट सहितको हेलोजिन टेलल्याम्प, ब्ल्याक एण्ड सिल्फर कलरको ड्युलटोन बम्पर, कुपे डिजाइनको रुफलाइन लगायत रहेको छ ।
बसाल्ट पोलार ह्वाइट, स्टील ग्रे, प्लाटीनम ग्रे, कस्मो ब्लु र गार्नेट रेड गरि पाँचथरिको मानोटोन कलर तथा रेड र ह्वाइटमा कन्ट्रास ब्ल्याक रुफ अप्सन समेत रहेको छ ।
इन्टेरियर फिचर
बसाल्टको इन्टेरियर ग्लस ब्ल्याक तथा टेक्चर सर्फेस भएको आकर्षक ड्यासबोर्ड रहेको छ । यसमा एचएभीसी प्यानलमा डिजिटल रिडआउट रहेको छ भने यसको अगाडि स्टोरेट सहितको ठूलो साइजको फ्रन्ट आर्मरेष्ट, रियर हेडरेष्ट, रियर सिटमा थाइ सपोर्ट, रियर एसी भेन्ट आदि फिचर रहेको छ ।
त्यस्तै, बसाल्टमा १०.२५ इन्चको सेन्टर माउण्टेड फ्लोटिङ टचस्क्रीन तथा ७ इन्चको अल डिजिटल इन्स्टुमेन्ट क्लस्टर, थ्रीस्पोक स्टेरिङ ह्वील, कनेक्टेड कारटेक सहितको १५ वाटको वायरलेस स्मार्टफोन चार्जर आदि रहेको छ ।
सुरक्षाको लागि बसाल्टमा ६ वटा एयरब्याग, ईएसपी, हिलहोल्ड असिस्ट, टायर प्रेसर मोनिटरिङ आदि स्ट्याण्डर्ड रहेको छ ।
इन्जिन र पावरट्रेन
सिट्रोनको बसाल्टमा १.२ लिटरको नेचुरल्ली एस्पिरेटेड तथा टर्बो पेट्रोल इन्जिन अप्सन रहेको छ । बसाल्टको नेचुरल्ली एस्पिरेटेड इन्जिनले ८२ हर्सपावर तथा ११५ न्युटन मिटरको टर्क तथा टर्बो इन्जिनले ११० हर्सपावर उत्सर्जन गर्छ । बसाल्टको नेचुरल इन्जिनसँग ५ स्पीडको म्यानुअल गियरबक्स रहेको छ ।
त्यस्तै, टर्बो इन्जिनसँग १९० न्यूटन मिटरको टर्क प्रदान गर्ने ६ स्पडको म्यानुअल तथा २०५ न्युटन मिटरको ६ स्पीड टर्क कन्भर्टर अटोमेटिक गियरबक्स अप्सन रहेको छ ।
सिट्रोन बसाल्टको नेचुरल पेट्रोल इन्जिनले १८ किलोमिटरको तथा टर्बो पेट्रोल इन्जिनले १८.७ किलोमिटर प्रतिलिटरको माइलेज दिने कम्पनीको दाबी छ ।
बसाल्टले भारतीय बजारमा बुधबार लन्च भएको टाटा कर्भसँग सीधा प्रतिस्पर्धा हुनेछ । साथै, मिडसाइज एसयूभीहरू हुन्डाईको क्रेटा, किया सेल्टोस, मारुती सुजुकी ग्राण्ड भिटारा तथा होण्डा एलिभेट पनि यसको प्रतिस्पर्धी मोडल हुन् ।