काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित महेन्द्र सालिकबाट हात्तीसार (कृष्ण पाउरोटी)तर्फ आउने ‘वान वे’ सडक भासिएको छ ।
काठमाडौं महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजा नजिकैको ‘वान वे’ सडकमा भ्वाङ परेको हो ।
उक्त सडक गए राति नै भासिएको ट्राफिक प्रहरीले बताएको छ । भासिएको ठाउँमा प्रहरीले डोरीले घेरा हालेर राखेका छ । यो सडक यसअघि पनि भासिएको थियो ।
उक्त सडकमा रातिदेखि नै सवारी चलाउन रोक लगाइएको छ । उक्त सडक सडक विभाग अन्तर्गत पर्दछ ।