नेपाल आयो सिट्रोन ब्राण्डको एसयूभी ‘सि-५ एयरक्रस’

काठमाडौं । साँग्रिला मोटर्सले सिट्रोन ब्राण्डको उत्पादन नेपाल ल्याएको छ । कम्पनीले ‘सि-५ एयरक्रस’ एसयूभी नेपाल ल्याएको हो ।
फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनले केही दिनअघि भारतमा सार्वजनिक गरेको सि-५ एयरक्रस नै नेपाल आएकोहो । पाँच सिट क्षमताको सुन्दर एसयूभी भारतमा ‘फिल र साइन’गरि दुई भेरियन्टमा सार्वजनिक भएको थियो । नेपालमा कुन कुन भेरियन्ट आयात भएको छ भन्ने जानकारी कम्पनीले दिएको छैन ।

१९९७ सीसीमा उपलब्ध सिट्रोन सि-५ एयरक्रसमा फोर सिलिण्डर डिजेल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १७४ बीएच पावर र ४०० एनएम टर्क प्रदान गर्छ । यसमा ८ स्पीड अटोमेटिक गियरबक्स उपलब्ध रहेको छ ।

सिट्रोन सि-५ एयरक्रसको लम्बाई ४५०० एमएम, चौडाई २०९९ एमएम र उचाई १७१० एमएम रहेको छ । यसमा २७३० एमएमको ह्वीलवेस र ५८० लिटर क्षमताको बुट स्पेश पाउन सकिन्छ । सि-५ मा सम्पूर्ण लाइट एलइडी रहेको छ । प्रोजेक्टर हेडल्याम्प, एलइडी टर्न इन्डिकेटर, १८ इन्चको दुई कलरको डायमन्ड कट अलोय ह्वील दिइएको छ ।

पूर्णत लेदर सिट, ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ६ वटा स्पीकर, ड्यूल जोन क्लाइमेट कन्ट्रोल, पार्क एसिस्ट फङ्सन, इलेक्ट्रीकल्ली एड्जस्टेवल ड्राइभिङ सिट, पानारोमिक सनरुफ, किलेस इन्ट्री, पुस बटम स्टार्ट जस्ता फिचर दिइएका छन् । यसको नेपाली बजारमा १ करोड ३५ लाखदेखि १ कराेड ४० लाख रुपैयाँ हाराहारी मूल्य ताेकेर विक्री सुरु हुने अनुमान गरिएको छ ।


Back_to_top