बजारमा आउँदै कम मूल्यका दुई कार

काठमाडौं । भारतीय उत्पादकले कम मूल्यका दुई नयाँ मोडल बजारमा ल्याउने भएका छन् । कम मूल्यमा बजारमा आउन लागेका दुई मोडल टाटा एचबीएक्स र मारुती सुजुकी नयाँ जेनेरेशन सेलेरियो हो ।

टाटाले माइक्रो एसयूभी डिजाइनमा तयार गरेको एचबीएक्स र मारुती सुजुकीको टल ह्याचव्याक डिजाइनको सेलेरियो ३० लाखभन्दा कम मूल्यमा नेपालमा खरिद गर्न सकिने अनुमान गर्न सकिन्छ ।

डिजाइनमा फरक भएपनि यी दुबै मोडल मूल्यका हिसावले एकअर्काका प्रतिस्पर्धी हुने अनुमान गरिएको छ । सम्भवत जुलाई अन्तिमसम्ममा यी दुबै मोडल बजारमा आउने अपेक्षा गरिएको छ ।

मारुती सुजुकी सेलेरियो नयाँ जेनेरेशन मोडल हो भने टाटा एचबीएक्स नयाँ मोडल हो । अहिले पनि सुरुवाती मूल्य २५ लाख ४९ हजारदेखि खरिद गर्न सकिन्छ । यस्तोमा नयाँ जेनेरेशन मोडलमा इन्जिनसहित परिवर्तन भएर आउने भएकाले यसको मूल्य केही बढ्ने छ ।

मारुती सुजुकी सेलेरियाे

टाटाको एचबीएक्स नेक्सनभन्दा कम मूल्यमा बजारमा आउने माइक्रो एसयूभी एसयूभी हो । करिब ३० लाख रुपैयाँ सुरुवाती मूल्यसहित यो नेपाली बजारमा आउने अपेक्षा गरिएको छ ।

यी दुबै गाडीमा १.२ लिटर क्षमताको इन्जिन उपलब्ध रहने छ । दुबै गाडीमा एबीएस, इवीडी, एयरव्याग जस्ता सुरक्षा फिचर रहने छन् भने टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम पनि उपलब्ध हुने छ ।

टाटा एचबीएक्स

मारुती सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्प र टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले यी मोडल नेपाल ल्याउने छन् । यी दुबै गाडी सन् २०२१ को सुरुवातमा नेपाल आउने अपेक्षा गर्न सकिन्छ ।


Back_to_top