दशैं अफरः ३ लाख ५९ हजारको मोटरसाइकलमा ९० हजार नगद छुट

काठमाडौं । अमेरिकी मोटरसाइकल उत्पादक कम्पनी क्लेभल्यान्डका मोटरसाइकलमा १ लाख १७ हजारसम्म नगद छुटको स्कीम सार्वजनिक गरेको छ । दशैंको अवशर पारेर क्लेभल्यान्ड साइकलवर्कस् नेपालले ल्याएको स्कीममा ३ लाख ५९ हजारको मोटरसाइकलमा ९० हजार र ५ लाख ६७ हजारको मोटरसाइकलमा १ लाख १७ हजार नगद छुट दिने घोषणा गरेको हो ।

विभिन्न कम्पनीले दशैंमा स्कीम दिइरहेका छन् । यस्तोमा कम मूल्यको मोटरसाइकलमा नै १ लाख १७ हजार नगद छुट प्रदान गर्ने क्लेभल्यान्ड पहिलो कम्पनी हो ।

कम्पनीले नेपालमा स्क्रयाम्वलर, एस डिलक्स, एफएक्सआर १२५ र मिसफिट मोडलको बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले सार्वजनिक गरेको योजनामा सबैभन्दा धेरै नगद छुट मिसफिटमा १ लाख १७ हजार रुपैयाँ रहेको छ । अहिले ५ लाख ६७ हजार मूल्य रहेको मिसफिट अफरमा किन्ने ग्राहकले ४ लाख ५० हजार रुपैयाँ तिरेर किन्न सक्ने छन् ।

त्यसैगरि ५ लाख १९ हजार मूल्य तोकिएको स्क्रयाम्वलरमा ५० हजार नगद छुट प्रदान गरेको कम्पनीले जनाएको छ । यो मोटरसाइकल दशैं स्कीममा किन्ने ग्राहकले ४ लाख ६९ हजार रुपैयाँमा खरिद गर्न सक्ने छन् ।

क्लेभल्यान्डले बिक्री गर्दै आएको एस डिलक्स मोडलको मूल्य ४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले यसमा दशैं स्कीम भन्दै १ लाख नगद छुटको अफर ल्याएको छ । छुट लिएर एस डिलक्स किन्ने ग्राहकले ३ लाख ९९ हजारमा खरिद गर्न सक्ने छन् ।

१२५ सीसी क्षमताको एफएक्सआर मोडलमा कम्पनीले ९० हजार नगद छुटको स्कीम ल्याएको छ । अहिले ३ लाख ५९ हजार रुपैयाँ मूल्य रहेको एफएक्सआर स्कीममा किन्न चाहने ग्राहकले २ लाख ६९ हजार रुपैयाँ नै खरिद गर्न सक्ने छन् ।

यो मोटरसाइकल खरिद गर्न चाहने ग्राहकले कम्पनीको पानीपोखरीमा रहेको क्लेभल्यान्ड शोरुमबाट थप जानकारी लिन सक्नेछन् ।


Back_to_top