लकडाउनमा हुन्डाईले ल्यायो भारतमा कार बेच्न नयाँ तरिक ‘क्लिक टु वाई’

काठमाडौं । हुन्डाई मोटरले भारतीय बजारमा लकडाउनमा बसेर पनि कार किन्न पाउने ‘क्लिक टु वाई’ अनलाईन सेल्स सर्भिस सेवाको सुरुवात गरेको छ । कम्पनीले जनवरीबाट केही डिरलहरुलाई जोडेर दिल्लीमा सुरु गरेको यो सेवा अब भारतभर लागु गरेको हो ।

यो सर्भिस भारतमा नै पहिलो पटक कुनै कार कम्पनीले सुरु गरेको पहिलो सर्भिस भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । हुन्डाईले भारत भर रहेको आफ्नो ५०० भन्दा धेरै डिरल नेटवर्कलाई यसमा जोडेको जनाएको छ ।

हुन्डाईले ‘क्लिक टु वाई’ प्रयोग गरेर आफ्नो लेटेष्ट मोडल अल न्यू हुन्डाई क्रेटा र नयाँ भर्नासहित सबै मोडल खरिद गर्न सक्ने जनाएको छ ।
नयाँ कार खरिद गर्न चाहने ग्राहकले ‘क्लिक टु वाई’ वेभसाइटमा जानु पर्ने हुन्छ । त्यहाँ कस्टुमरको केही सामान्य रजिस्ट्रेसन गर्नु पर्ने हुन्छ ।

रजिस्ट्रेसन पछि आफ्नो मन परेको कार, त्यसको इन्टेरियर, कलर जस्ता चिज छनोट गर्न सक्ने छन् ।

त्यसपछि उसलाई सम्पर्क व्यक्तिको नम्बर उपलब्ध हुने छ । कम्पनीले डेलिभरीको लागि दुई अप्सन दिएको छ । पहिलो ग्राहक आफैँ शोरुममा गएर डेलिभरी दिन सक्ने छ भने दोस्रो उसले चाहेमा होम डलिभरी सुविधापनि उपलब्ध हुने छ ।


Back_to_top