इलेक्ट्रीक कारको लागि अवशर बन्यो २०७६, यी हुन् नयाँ वर्षमा आउने कार

काठमाडौं । इलेक्ट्रीक सवारीसाधनको बिक्रीका हिसावले २०७६ साल अहिलेसम्मकै उत्कृष्ट सावित भयो । यसवर्ष संख्यात्मक रुपमा इलेक्ट्रीकको आयातसँगै नयाँ नयाँ इलेक्ट्रीक कारहरु पनि नेपाल प्रबेश गरे ।

२०७६ मा आएको किया निरो, एमजी इजेडएस जस्ता इलेक्ट्रीक गाडीले ग्राहक लोभ्याउन सफल भए । नेपाल सरकारले इलेक्ट्रीक सवारीसाधनमा अत्यन्त न्यून कर लगाएकाले मूल्यका हिसावले पनि यी कारहरु ग्राहकको रोजाइमा उत्कृष्ट सावित भए ।

यी दुई मोडलको अलावा केही चाइनिज ब्राण्डहरु पनि नेपाली बजारमा आएतापनि ति गाडीमा ग्राहकको खासै चासो देख्न सकिएन । पुरना नाम चलेका ब्राण्डसँग नै धेरै विश्वास रहेको पाइयो ।

अहिले नेपाली बजारमा महिन्द्राले इटुओ र इभेरिटो, हुन्डाईले कोना र आयोनिक, कियाले निरो र एमजीले इजेडएस बिक्री गर्दै आएका छन् । यी कारहरुको मूल्य २२ लाख रुपैयाँदेखि ६६ लाख रुपैयाँसम्म रहेको छ ।

संख्यात्मक हिसावले इलेक्ट्रीक कारको बिक्री कति भयो भन्ने एकिन तथ्यांक उपलब्ध भइनसकेको भएपनि अघिल्लो वर्षको तुलनामा करिब २९० प्रतिशतले इलेक्ट्रीक कारको बिक्री बढेको छ ।

के होला २०७७ मा

२०७७ साल इलेक्ट्रीक गाडीको लागि २०७६ को तुलनामा राम्रो हुने देखिन्छ । अहिले बिक्री गरिरहेका कम्पनी बाहेकपनि अन्य कम्पनीलेले पनि इलेक्ट्रीक कार ल्याउने तयारी गरिरहेका छन् । यसले बजारमा प्रतिस्पर्धासँगै बिक्री पनि बढाउने देखिन्छ ।

टाटाले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी नेक्सन, महिन्द्राले इलेक्ट्रीक केयूभी १०० र निसानले लिफ ल्याउने पक्का जस्तै रहेको छ । यसका अलावा अन्य केही कम्पनीले इलेक्ट्रीक कार ल्याउन प्रयास गरिरहेको बुझिएको छ ।


Back_to_top