मूल्य र फिचरको कारण चर्चामा डोमिनार २५०, लकडाउन खुलेपछि नेपाल आउने

काठमाडौं । बजाज अटोले भारतमा बिक्री सुरु गरेको डोमिनार २५० नेपाली बजारमा जेठमा आउने तयारी भइरहेको थियो । तर, कोरोना भाइरसको कारण नेपाल र भारत दुबै देशमा लकडाउन चलिरहेकाले नेपाल कहिले आउँछ भन्ने अनिश्चित भएको छ । यद्यपी बजाजको आधारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले यसलाई लकडाउन खुलेको केही समयपछि नेपाल ल्याउने छ ।

कम्पनीले बजाज डोमिनार ४०० को तुलनामा २५० मा ३० हजार भारु मूल्य कम गरेर बजारमा ल्याएको हो । कम्पनीले यसको दिल्लीमा एक्स शोरुम मूल्य १ लाख ६० हजार भारु कायम गरेको छ । यस्तोमा नेपाली बजारमा डोमिनार २५० करिब ४ लाख ५० हजार रुपैयाँ हाराहारीमा बिक्री सुरु हुने अनुमान गर्न सकिन्छ ।

कम्पनीले यसमा २४८.८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी इन्जिन प्रदान गर्नेछ । उक्त इनिजनले अधिकतम ८५०० आरपीएममा २७ पीएस पावर र ६५०० आरपीएममा २३.५ एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहने छ ।

बजाज डोमिनार २५० मा सबै लाइट एलइडी प्रयोग गरिएको छ । सानो विन्डस्कृन, मस्कुलर फ्यूल ट्याङ्क, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टरको साथमा अर्को सानो डिस्प्ले, इन्जिन कौल, सिग्नेचर एलइडी हेडल्याम्प, ट्वीन व्यरेल एग्जस्ट, अलोय ह्वील, स्प्लीट सिट जस्ता मुख्य फिचर उपलब्ध हुने अनुमान गरिएको छ । यसका साथै यसमा स्लिपर क्लच, डबल च्यानल एबीएस जस्ता फिचर समेत उपलब्ध रहेको छ ।


Back_to_top