दिपावलीमा ब्रेजा र भेन्यूको फाईट, यस्तो छ कम्प्याक्ट एसयूभीको बिक्री

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा निकै ठूलो प्रतिस्पर्धा चलिरहेको भारतमा दिपावलीको महिना अक्टोबरमा कम्प्याक्ट एसयूभीको बिक्री अघिल्लो वर्षको सोही महिनाको तुलनामा १२ प्रतिशतले बढेको छ ।

२०१८ को अक्टोबरमा कम्प्याक्ट एसयूभीको बजार बिक्री २९ हजार ७६३ यूनिट थियो भने यसवर्ष बढेर ३३ हजार २२५ यूनिट पुगेको छ ।

यस सेग्मेन्टमा अहिले ७ मोडलले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा मारुती सुजुकी भिटारा ब्रेजा, हुन्डाई भेन्यू, टाटा नेक्सन, फोर्ड इकोस्पोर्ट, महिन्द्रा एक्सयूभी ३००, होन्डा डब्ल्यूआरभी र महिन्द्रा टियूभी ३०० रहेका छन् ।

हुन्डाईले भेन्यू बजारमा ल्याएसँगै आक्रमक बिक्री भइरहेको मारुती सुजुकी ब्रेजामा केही ब्रेक लागेको भएपनि पुनः ब्रेजाले आफ्नो लय समातेको छ । उसो भेन्यूको बिक्री पनि निकै राम्रो रहेको जनाइएको छ ।

टाटा नेक्सनले केही समय गुमाएको बिक्रीलाई पुनः फर्काउन सफल भएको छ । अन्य कम्पनीको बिक्रीमा भने खासै ठूलो परिवर्तन भएको छैन । 


Back_to_top