पहिलो पटक हुन लागेको ईभी एक्स्पोको तयारीमा कम्पनीहरु (फोटो फिचर)

काठमाडौं । भोलीदेखि हुने नेपालकै पहिलो ईभी एक्स्पोको तयारीमा कम्पनीहरु जुटेका छन् । इलेक्ट्रीक सवारीसाधन विक्रेता कम्पनीहरु स्टलका निर्माणको अन्तिम तयारीमा लागेका हुन् ।

नाडा ईभी एक्स्पोमा आधा दर्जनभन्दा धेरै चारपाग्रे कम्पनीहरु तथा १५ भन्दा धेरै दुई पाग्रे इलेक्ट्रीक कम्पनीहरु सहभागी हुनेछन् ।

याे ईभी एक्स्पो भोलिदेखि सुरु भएर तीन दिनसम्म चल्नेछ ।

यो ईभी एक्स्पोमा टाटा, हुन्डाई, वीवाईडी, टेस्ला, नेटा, चाङ्गन, जेएसी, जस्ता चारपाँग्रे छन् भने, दुई पाग्रे तर्फ हिरो इलेक्ट्रीक, याडिया, एनआईयू, सेग्वे, आइमा, टेल्जी, प्योर इभी, सुपर शोको, दोहान, लेभ्निङ, जोय, ओला, जिहो लगायतका ब्राण्ड सहभागी हुनेछन् ।


Back_to_top