काठमाडौं । कोरोना भइरसको कारण जारी निषेधाज्ञा सकिएपछि यूनाईटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नयाँ एसयूभी सार्वजनिक गर्ने भएको छ । कम्पनीले सार्वजनिक गर्न लागेको एसयूभी ‘कोरोला क्रस’ हो ।
कम्पनीले यसको अहिले बुकिङ लिइरहेको छ । यसको सुरुवाति भेरियन्टको मूल्य १ करोड १२ लाख र टप भेरियन्टको मूल्य १ करोड ३३ लाख रुपैयाँ तोकिएको छ । कोरोला क्रस दुई भेरियन्टमा नेपालमा आउने छ ।

कोरोला सेडानको प्ल्याटफर्ममा तयार भएको यो क्रसओभरलाई टोयोटाले आफ्नो चर्चित प्ल्याटफर्म टिएनजीएमा तयार गरेको हो । टोयोटा क्रसको लम्बाई ४४६० एमएम रहेको छ भने चौडाई १८२५ एमएम र उचाई १६२० एमएम रहेको छ । यो टोयोटा र्याभ फोरभन्दा थोरै छोटो रहेको छ ।
यसको क्याविन निकै आकर्षक रहेको छ भने र्याभ फोरको जस्तै आकर्षक इन्टेरियर रहेको छ । ठूलो इन्फोटेन्टमेन्ट सिस्टम सहितको आकर्षक ड्यासबोर्डले जो कोहीलाई लोभ्याउँछ ।
सार्प हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, व्ल्याक ग्रिल र बम्पर, साइड स्कृट र ह्वील आर्कले गाडीलाई निकै स्पोर्टी देखाएको छ ।
कम्पनीले यसमा दुई इन्जिन अप्सन दिएको छ । एउटा पेट्रोल इन्जिन र अर्को हाइब्रिड इन्जिन । यसमा रहेको १.८ लिटर २ जेड-एफबीई इन्जिनले १४० हर्सपावर र १७५ एनएम टर्क प्रदान गर्छ ।
साथै, यसमा रहेको हाइब्रिड इन्जिनले ९८ हर्सपावर प्रदान गर्छ । हाइब्रिड इन्जिनमा ई-सिभिटी गियरबक्स उपलब्ध रहेको छ ।

