काठमाडौं । हिरो मोटोकर्प र होन्डा मोटरसाइकलले उत्पादन गरेका पछिल्ला नेकेड डिजाइनका दुई मोटरसाइकल निकै चर्चामा रहेका छन् । हिरोले दुई महिना अघि ल्याएको एक्स्ट्रीम १६० आर र होन्डाले केही दिनअघि भारतमा सार्वजनिक गरेको हर्नेट २.० मोटरसाइकल अहिले धेरैको चासो बनेका छन् ।
यी दुई मोटरसाइकलमा फिचर, मूल्य, पावर जस्ता विषयमा फरक भएपनि दुबै कम्पनीले ल्याएको नयाँ मोटरसाइकल भएकाले यी दुई मोडल बीच कडा टक्कर हुने देखिएको हो ।
होन्डाले ल्याएको नयाँ मोटरसाइकलले २०० सीसी सेग्मेन्टमा प्रतिस्पर्धा गर्ने छ भने हिरोको नयाँ मोटरसाइलले १५० सीसी सेग्मेन्टमा प्रतिस्पर्धा गर्ने छ । यद्यपी हिरोको नयाँ मोटरसाइकल एक्स्ट्रीम १६० आर सेग्मेन्टकै छिटो मोटरसाइकल भएकाले यसले हर्नेटलाई पनि टक्कर दिने देखिन्छ ।
होन्डा हर्नेट २.० र हिरो एक्स्ट्रीम १६० आरमा कुन पहिला नेपाल आउने छ भन्ने विषयपनि धेरैको सरोकारको विषय हुन सक्छ । यस्तोमा हिरोको एक्स्ट्रीम १६० आर पहिला नेपाल आउने अनुमान गर्न सकिन्छ । अहिले हिरोले नेपालका विभिन्न स्थानमा यसको परिक्षण गरिरहेको बताइएको छ ।
हिरो एक्स्ट्रीम १६० आरमा १६३ सीसी क्षमताको इन्जिन रहेको छ भने होन्डा हर्नेट २.० मा १४८.४० सीसी क्षमताको इन्जिन दिइएको छ । दुबै मोटरसाइकलमा डबल डिस्क ब्रेक, बीएस ६ इन्जिन, सिंगल च्यानल एबीएस जस्ता फिचर रहेका छन् । हर्नेट २.० मा कम्पनीले अगाडि यूएसडी फर्क र पछाडि मोनोशक दिएको छ । हिरो एक्स्ट्रीम १६० आरमा भने अगाडि एन्टी फिक्सन बुस टेलिस्कोपिक र पछाडि ७ स्टेप राइडर एड्जस्टेवल मोनोशक दिएको छ ।
हिरो एक्स्ट्रीम १६० आर ट्यूबलर डायमन्ड र हर्नेट २.० डायमन्ड च्याचिसमा तयार गरिएका मोटरसाइकल हुन् । दुबै मोटरसाइकलमा समान १७ इन्चको अलोय ह्वील दिइएको छ ।
दुबै मोटरसाइकलको लम्बाई चौडाई र उचाई लगभग समान रहेका छन् । हर्नेटको लाम्बाई २०४७ एमएम, उचाई १०६४ एमएम र चौडाई ७८३ एमएम रहेको छ । एक्स्ट्रीममा भने लम्बाई २०२९ एमएम, उचाई १०५२ एमएम र चौडाई ७९३ एमएम छ ।
दुबैमा समान १६७ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ । ह्वील बेसमा हर्नेट केही अगाडि छ । यसमा १३५५ एमएमको ह्वीलवेस रहेको छ भने एक्स्ट्रीममा १३२७ एमएमको ह्वीलवेस पाउन सकिन्छ ।
दुबै मोटरसाइकलमा १२ लिटर इन्धन अट्ने फियूल ट्याङ्क दिइएको छ । दुबै मोटरसाइकलमा एलइडी टेल ल्याम्प रहेको छ । दुबैमा फुल डिजिटल इन्ट्रुमेन्ट कन्सोल र स्प्लीट सिट रहेका छन् ।

