अटो एक्स्पो २०२०: कोरोना भाइरस आतंक, चिनीयाँ निषेध

भोलिदेखि सुरुहुने अटो एक्स्पो २०२० मा चिनीयाँ मोटर निर्माताहरुले स्टल मेनेजमेन्ट गर्न नपाउने भएको छन् । चीनमा फेलापरेको कोरोना भाइरस हालसम्म २५ देशमा देखा परिसेको छ । यसै कारण अटो एक्स्पो २०२० आयोजकले चिनीयाँ नागरिकलाई अटो एक्स्पोमा निषेध गरेको जनाएको छ ।

चिनीयाँ कम्पनीले भारतीय प्रतिनिधिहरु मार्फत अटो एक्स्पोमा आफ्ना उत्पादन शोकेस गर्नसक्ने समेत आयोजकले जनाएको हो । यसका साथै हालै मात्र चीनबाट भिएका बस्तुहरुसमेत रोक लगाइने भएको हो ।

अटो एक्स्पोमा कोरोना भाइरसको कुनै डर छैन, प्रेसिडेन्ट अफ एसआइएएम ( अटो एक्स्पो आयोजक ) राजन वाधेरेले भने । ‘कोरोना भाइरसको कुनै डर छैन, चिनीयाँ कम्पनीले आफैले कुनै स्टल सञ्चालन गर्न पाउने छैनन् । यस्ता कम्पनीले भारतीय प्रतिनिधि मार्फत आफ्नो स्टल सञ्चालन गर्न सक्छन्’ उनले भने ।


Back_to_top