काठमाडौं । पेट्रोलको मूल्य दिनदिनै बढिरहँदा मोटरसाइकल चढ्नेहरूका लागि चिन्ता लाग्नु स्वभाविक हो । त्यो चिन्ता कम गर्न सवारी उत्पादक कम्पनीहरूले उच्च माइलेज दिने मोटरसाइक बनाइरहेका छन् । सबैभन्दा धेरै माइलेज दिने मोटरसाइकको सूचीमा कुन-कुन परेका छन्, जुन नेपाली बजारमा उपलब्ध रहेको छ ।
विशेषत हिरो, बजाज, यामाहा, टीएस, सुजुकी जस्ता कम्पनीले उत्पादन गरिरहेको कम्यूटर सेग्मेन्टका मोटरसाइकलले धेरै माइलेज दिने गरेका छन् ।
हिरो स्प्लेन्डर आईथ्रीएस
हिरो स्प्लेन्डर आईथ्रीएसले प्रतिलिटर पेट्रोले १ सय २ किलोमिटर माइलेज दिने दाबी गरेको छ । यो मोटरसाइक ९७.२ सीसी इञ्जिन क्षमताको हो । यो मोटरसाइकलको सुरुवाती मूल्य १ लाख ८० हजार रुपैयाँ रहेको छ । नेपाली बजारमा समेत यो बाइकको बिक्री निकै राम्रो रहेको छ ।
बजाज प्लाटिना १०० ईएस
बजाज प्लाटिनाले प्रतिलिटर पेट्रोलले ९६.६ किलोमिटर माइलेज दिन्छ । यो मोटरसाइकल १ सय २ सीसी इञ्जिन क्षमताको हो । प्लाटिनाको मूल्य १ लाख ६४ हजार रुपैयाँ रहेको छ ।
महिन्द्रा सेन्टुरो
१ सय ६.७ सीसी इञ्जिन क्षमताको महिन्द्रा सेन्टुरोले प्रतिलिटर ८५.२ किलोमिटर माइलेज दिन्छ । यो मोटरसाइकलको १ लाख ५७ हजार रुपैयाँ पर्दछ ।
यामाहा सलुटो
यामाहाको सलुटोले प्रतिलिटर पेट्रोलले ८२ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ । एक सय १० सीसीको यो मोटरसाइकलको मूल्य सुरुवाती मूल्य १ लाख ९२ हजार ९००रुपैयाँ तोकिएको छ ।
टीभीएस स्ट्राइकर
यो मोटरसाइकलले प्रतिलिटर पेट्रोलले ७६ किलोमिटर माइलेज दिन्छ । टीभीएस स्ट्राइकरमा १ सय २५ सीसीको इञ्जिन रहेको छ, यो इन्जिनले १० बीएच पावर जेनेरेट गर्छ । जसको मूल्य १ लाख ७४ हजार रुपैयाँ तोकिएको छ ।
सुजुकी हायाते
सुजुकीको हायाते मोटरसाइकलले प्रतिलिटर पेट्रोलले ७६ किलोमिटर माइलेज दिने दाबी कम्पनीको छ । यो मोटरसाइकलमा १ सय १३ सीसीको इञ्जिन छ, जसको मूल्य १ लाख ६९ हजार ९०० रुपैयाँ रहेको छ ।


