नयाँ एफजेड २५ आउँदै, यस्ता छन नयाँ फिचर

जापानी मोटरसाइकल निर्माता कम्पनी यामाहाको सहायक कम्पनी इन्डिया यामाहा मोटर्सले नयाँ स्कुटर सार्वजनिक गर्ने कार्यक्रममा नयाँ यामाहा एफजेड २५ को प्रदर्शन गरेको छ । यस्तै यामाहा एफजेड २५ को बीएस ६ भर्सन भने अप्रिलमा सार्वजनिक गर्ने जनाएको छ ।

यामाहाले आफ्नो क्वाटर लिटर नेकेड स्ट्रीट फाइटरको मूल्य भने अर्को महिना सार्वजनिक गर्नेछ । नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुसार कम्पनीले नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले एफजेड २५ मा केहि परिर्वतन समेत गरेर ल्याएको छ । यसमा बीआइ हेडलाइट जडान गरिएको छ भने फ्यूल ट्याङकको डिजाइनमा सामान्य परिर्वतन गरिएको छ । फ्रन्टमा सानो भाइजर थप गरेको छ । यस्तै रियर प्यानलमा समेत परिर्वतन देखिएको छ । कम्पनीले यो मोटरसाइकललाई थप दुई नयाँ कलरमा समेत सार्वजनिक गर्ने भएको छ ।

यसका अलावा कम्पनीले नयाँ फिचर समेत थप गरेको छ । नयाँ एलसीडी इन्स्ट्रुमेन्ट कल्सटर, साइड स्यान्ड सेन्सर, नयाँ एलइडी डीआरएल तथा डबल च्यानल एबीएस थप गरेको हो । यसको फ्रनटमा रेगुलर टेलिस्कोपि सस्पेन्सन र रियरमा मोनोशक रहेको छ ।

कम्पनीले यसको मेकानिकल पार्टमा भने कुनै परिर्वतन गरेको छैन । यसमा २४९ सीसी एयर कुल्ड, सिगंल सिलिन्डर एफआई इन्जिन रहेको छ । बीएस ६ भर्सन एफजेड २५ ले बीएस४ मोडलले भन्दा ०ं.१ मात्रै कम पावर जेनेरेट गर्छ । यसले २०.८ हर्सपावर तथा २०.१ एनएम टर्क जेनेरेट गर्छ । कम्पनीले बीएस६ भर्सनमा समेत ५ स्पीडको गियरबक्सलाई जारी राखेको छ ।

हालको मूल्य भन्दा १० हजार मूल्य बढ्ने अनुमान गरिएको यो मोटरसाइकलले सुजुकी जिक्सर २५० र केटीएम २५० सँग प्रतिस्पर्धा गर्नेछ


Back_to_top