क्रिस्टियानो रोनाल्डोको कार मोह

काठमाडौं । फिफा विश्वकप रसिया २०१८ को रौनक विश्वभर नै उत्तिकै छ । विश्वकप फुटबलका बेला विभिन्न देशका स्टार खेलाडीहरको समेत चर्चा हुने गरेको छ । त्यस्तैमध्येका एक हुन्, पोर्चुगल तथा रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो । 

रोनाल्डो फुटबलका क्रेजी त हुन् नै, यसमा कुनै शंका छैन । यसकासाथै उनी कारकासमेत शौखिन हुन् । रोनाल्डोसँग विभिन्न प्रिमियम ब्रान्डका कारहरू रहेका छन् । यस्ता छन्, रोनाल्डोसँग भएका कारहरू: 

बुगाटी भेयरोन

क्रिस्टियानो रोनाल्डोसँग भएको एउटा महत्वपूर्ण कार हो, बुगाटी भेयरोन । फ्रान्सेली कार उत्पादक कम्पनी बुगाटीको यो कारको मूल्य करिब ११ करोड १० लाख भारतीय रुपैयाँ रहेको छ । 

लेम्बोर्गिनी एसेन्ट्रो एलपी-७००-४

रोनाल्डोसँग भएको अर्को कार हो, लेम्बोर्गिली एसेन्ट्रो एलपी–७००–४ । यो कारको मूल्य तीन करोड भारतीय रुपैयाँ पर्छ । 

मर्सिडिज-बेञ्ज जीएलई-६३ एस

रोनाल्डोसँग जर्मन प्रिमियम कार निर्माता मर्सिडिजको कारसमेत छ । उनीसँग रहेको मर्सिडिजको जीएलई–६३ एस कारको हालको मूल्य ९७ लाख भारतीय रुपैयाँ पर्छ । 

फरारी एफ-१२ टीडीएफ

रोनाल्डो स्पोर्टस कारमा समेत रुची राख्छन् । उनीसँग फरारी एफ–१२ टीडीएफ कार रहेको छ । यो कारको हालको बजार मूल्य करिब ३ करोड भारतीय रुपैयाँ रहेको छ । 

बेन्टले जीटी स्पीड

क्रिस्टियानो रोनाल्डोसँग बुगाटीको जीटी स्पीडसमेत रहेको छ । उनको यो कारको हालको बजार मूल्य करिब डेढ करोड भारतीय रुपैयाँ रहको छ । 

बीएमडब्लू एम-६

रोनाल्डोसँग रहेको अर्को कार हो, बीएमडब्लू एम–६ । यो कारको हालको बजार मूल्य ८० लाख भारतीय रुपैयाँ रहेको छ । 

पोस्र्च-९११ क्यार्रा-२ एस काब्रिले

रोनाल्डोसँग जर्मन स्पोर्टस् कार निर्माता कम्पनी पोस्र्चको ९११ क्यार्रा-२ एस काब्रिले कारसमेत छ । यो कारको बजार मूल्य एक करोड ८८ लाख भारतीय रुपैयाँ रहेको छ ।

अडी आर-८

अडीको आर-८ कारसमेत रोनाल्डोसँग छ । यो कारको मूल्य साढे २ करोड भारतीय रुपैयाँ पर्छ । 

फरारी-२५० जीटी


Back_to_top