काठमाडौं । हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटाको ‘स्पेशल नाइट एडिसन’ नेपाल ल्याएको छ । अघिल्लो वर्ष नै भारतमा सार्वजनिक भएको नाइट एडिसन नेपाल आएको हो ।
कम्पनीले पूर्णत कालो कलर थेममा तयार पारेको नयाँ क्रेटाको ग्रिलमा रातो कलर लाइनको प्रयोग गरेको छ । कालो कलरको स्कीड प्लेट, विङ मिरर, रुफरेल, साइड सिल र सि पिलर पनि कालो कलरमा सजिएको छ । साथै, ठाउँ ठाउँमा ‘नाइट एडिसन’को स्पेशल ब्याज प्रयोग गरिएको छ ।
बाहिरी आवरण जस्तै यसको भित्री डिजाइन कालो कलर थेममा नै तयार भएको छ । एसी भेन्टहरु रातो कलरमा दिइएको छ । सिट लगायतका स्थानमा पनि प्रसस्तै रातो कलर प्रदान गरेको छ ।
हुन्डाईले क्रेटाको नाइड एडिसन एउटा मात्रै भेरियन्टमा नेपाल आएको छ । कम्पनीले इन्टोडक्टरी प्राइस भन्दै यसको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ तोकेको छ । यसमा पनि रेगुलर मोडल जस्तै १.५ लिटर पेट्रोल इन्जिन उपलब्ध छ । यसमा अटोमेटीक गियरबक्स पाउन सकिन्छ ।
हुन्डाई क्रेटा नेपालमा सर्वाधिक सफल मध्येको एउटा एसयूभी हो । उत्कृष्ट, डिजाइन, आरामदायी फिचरले भरिपूर्ण क्रेटा हुन्डाईको बलियो विक्री नेटवर्क, विक्रीपछिको सेवा र राम्रो रिसेल मूल्यको कारण चर्चामा रहेको मोडल हो ।

