हुन्डाई क्रेटा किन्ने कि निसान किक्स, यस्ता फिचर र अफर

काठमाडौं । अहिले बजारमा प्रतिस्पर्धा गरिरहेका दुई एसयूभी हुन्डाई क्रेटा र निसान किक्समा कुन गाडी राम्रो भन्ने अन्योलमा ग्राहकहरु रहेका छन् ।

नेपाली बजारमा उपलब्ध यी दुबै गाडी लगभग उस्तै फिचर र मूल्यमा किन्न सकिने एसयूभी हुन् । क्रेटा नेपालमा सन् २०१६ देखि बिक्री वितरण हुँदै आएको छ भने किक्स २०१८ बाट नेपालमा बिक्री सुरु भएको हो ।

बिक्री तथ्यांक हेर्दा निसान किक्स हुन्डाई क्रेटाभन्दा निकै पछि रहेको छ । तर, क्रेटालाई पच्छाइरहेको मोडल भने निसान किक्स नै हो ।

निसानको आधिकारिक बितरक पायोनियर मोटो कर्पले निसान किक्सको बिक्री वितरण गरिरहेको छ भने हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले क्रेटाको बिक्री गर्ने गरेको छ ।

इन्जिन

नयाँ निसान किक्समा उपलब्ध १.५ लिटर ५ स्पीड म्यानुअल ट्रान्समिसन र डिजेल इन्जिनमा १.५ के९के डीसीआईमा ६ स्पीड म्यानुअल ट्रान्समिसन लगाइएको छ । साथै, किक्समा उपलब्ध १४९८ सीसी फोर सिलिन्डर पेट्रोल इन्जिनले ५६ सय आरपीएममा १०४ हर्ष पावरका साथै ४ हजार आरपीएममा १४२ एनएम टर्क उत्पादनको क्षमता राख्छ ।

हुन्डाई क्रेटा १.४ लिटर टर्बाेचाज्र्ड डिजेल र १.६ लिटर पेट्रोल इन्जिन दिइएको छ । क्रेटाको डिजेल इन्जिनले ८९ बीएच पावर प्रदान गर्छ भने १.६ पेट्रोल इन्जिनले १२१ बीएच पावर प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुअल गियरबक्स, ६ स्पीड अटोमेटिक टर्क कन्भर्टर र ७ स्पीड डिसिटी गियरबक्स लगाइएको छ ।

डायमेन्सन

हुन्डाई क्रेटाको लम्बाई ४२७० एमएम, चौडाई १७८० एमएम र उचाई १६३०एमएम रहेको छ भने २५९० एमएमको ह्वीलबेश लगाइएको छ । त्यस्तै निसान किक्सको लम्बाई ४३८४ एमएम, चौडाई १८१३ एमएम र उचाई १६५६ एमएम रहेको छ । यसमा २६७३ एमएमको ह्वीलबेश रहेको छ । दुबै कारको सिट क्षमता समान रहेको छ । यी दुबै कारमा चालकसहित ५ जनाले यात्रा गर्न सक्ने छन् ।

विशेषता

हुन्डाई क्रेटा र निसान किक्समा समावेश अधिकांश विशेषतामा पनि समानाता देखिएको छ । दुबै मोडलमा रियर एसी भेन्ट, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, हाइट एडजस्टेबल ड्राइभर सिट, पावर अपरेट ओआरभीएमएस, ब्लुटुथ कनेक्टिभिटी, एप्पल कार प्ले, एन्ड्रोइड अटो, नेभिगेसन सिस्टम, रियर वाइपर र वासर, पुस स्टार्ट बटम लगायतका विशेषता दिइएको छ ।

सुरक्षा

ड्राइभर तथा प्यासेन्जरको सुरक्षालाई ध्यानमा राख्दै निसान किक्स र क्रेटा दुबै मोडलका स्डायडर्ड भेरियन्टमा डबल फ्रन्ट एयरब्याग, एबीएस र इबीडी, रियर पार्किङ क्यामेरा, रियर डिफोगर लगाइएको छ । हुन्डाई क्रेटामा उपलब्ध स्पीड सेन्सिङ अटो डोर लकको विशेषता भने निसान किक्समा उपलब्ध छैन । त्यस्तै दुबै मोडलमा आइएओफिक्स चाइल्ड सिट, रिभर्स पार्किङ सेन्सर लगायतका विशेषता उपलब्ध छन् ।

माइलेज

माइलेजको हिसाबमा निसान किक्सभन्दा हुन्डाई क्रेटा अगाडि देखिएको छ । पेट्रोल भर्सन अन्र्तगत हुन्डाई क्रेटाले प्रतिलिटर १५.३ किलोमिटरको माइलेज प्रदान गर्छ भने, डिजेल भेरियन्टले प्रतिलिटर २१.४ किलोमिटर माइलेज प्रदान गर्छ ।

निसान किक्सको पेट्रोल भेरियन्टले प्रतिलिटर १३ किलोमिटर माइलेज प्रदान गर्छ भने, डिजेल भेरियन्टले प्रतिलिटर २० किलोमिटर माइलेज प्रदान गर्ने एआरएआईले प्रमाणित गरेको छ ।

क्रेटामा अफर

अफरमा क्रेटा किन्न चाहने ग्राहकलाई एक वर्षसम्म मासिक १७ हजार २१४ रुपैयाँ किस्ता तिर्ने अफर गरेको हो । हुन्डाईले क्रेटा इप्लस भेरियन्टको मूल्य ४६ लाख ५६ हजार रुपैयाँ तोकेर बिक्री वितरण गर्दै आएको छ । यस्तोमा कम्पनीले क्रेटा खरिदमा १ लाख ५० हजार रुपैयाँ नगद छुटको अफर गरेको छ ।

हुन्डाईले ल्याएको अफर अनुसार एक वर्षसम्म गाडीको मासिक किस्ता वापत आउने रकमको ५० प्रतिशत रकम कम्पनीले तिरिदिने भएकोले ग्राहकले मासिक १७ हजार २१४ रुपैयाँ किस्ता वापतको रकम तिरे पुग्नेछ ।

एक वर्षपछि भने ग्राहकले मासिक ३४ हजार ४२८ रुपैयाँ तिर्नु पर्ने हुन्छ । हुन्डाई क्रेटा किन्ने ग्राहकले १०.२२ प्रतिशत व्याजदरमा कर्जा प्राप्त गर्न सक्ने छन् । साथै, डाउन पेमेन्ट वापत भने छुटपछि कायम हुने मूल्यको ५० प्रतिशत तिर्नु पर्ने हुन्छ ।

किक्समा अफर

किक्स किन्ने ग्राहकलाई ३० प्रतिशत तत्काल डाउन पेमेन्ट र २० प्रतिशत डाउन पेमेन्ट ४ महिना भित्र तिर्न सकिनेगरि स्कीम ल्याएको छ ।

अहिले निसान किक्स किन्ने ग्राहकले ६ महिनासम्म किस्ता पनि तिर्नु पर्ने छैन । कम्पनीका अनुसार ७ वा ८ वर्ष जति वर्षको कर्जा गरेपनि कम्पनीले ६ महिनाको सम्पूर्ण किस्ता रकम तिरिदिने जनाएको छ ।

अहिले निसानको सुरुवाति भेरियन्टको रुपमा किक्स एक्सभी भेरियन्ट रहेको छ । कम्पनीले यसको मूल्य ५३ लाख ४९ हजार रुपैयाँ तोकेर बिक्री वितरण गर्दै आएको छ ।

सरकारी नियमानुसार यसको डाउन पेमेन्ट २६ लाख ७४ हजार ५०० रुपैयाँ हुन्छ । त्यसमा कम्पनीले दिएको अफर अनुसार निसान एक्सभी मोडल किन्न चाहने ग्राहकले १६ लाख ४ हजार ७०० रुपैयाँ डाउन पेमेन्ट बुझाएर गाडी लिन सक्ने छन् । त्यसपछि बाँकी १० लाख ६९ हजार ८०० रुपैयाँ भने ४ महिना भित्र तिर्नु पर्ने हुन्छ ।


Back_to_top