काठमाडौं । डेलिभरि कम्पनी ड्यास लजिस्टीले एकै पटक १० यूनिट विद्युतिय मोटरसाइकल खरिद गरेको छ । कम्पनीले सुपर शोकोका विद्युतिय मोटरसाइकल खरिद गरेको हो ।
सुपर शोकोले वातावरण दिवसको अवसरमा ड्यास लजिस्टीकलाई १० यूनिट मोटरसाइकल हस्तान्तरण गरेको हो ।
२०७८ मा स्थापना भएको ड्यास लजिस्टीकले पार्सल डेलिभरी, बी २ बी सेवा, सीमापार ढुवानी जस्ता सेवा दिँदै आएको छ ।
कम्पनीले सुपर शोकोका विद्युतिय मोटरसाइकलद्धारा ग्र्राहकलाई सेवा दिने उद्धेश्यका साथ विद्युतीय मोटरसाइकल खरिद गरेको र भविष्यका यसालाई निरन्तरता दिने बताएको छ ।
विद्युतीय दुइपाँग्रेको प्रयोगले कम्पनीको नाफा वृद्धि, नेपालमा उत्पादन भएको विद्युतको खपत, विदेशी मुद्रा सन्चितीमा टेवा पुर्याउनुका साथै पर्यावरणमा जोगाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएको कारण कम्पनीको रोजाइमा परेको जनाएको छ ।
कम्पनीले सुपर शोको टीसी मोटरसाइकल ५ यूनिट र टीसी वन्डरर ५ यूनिट खरिद गरेको हो । यी दुबै मोटरसाइकलको मूल्य ३ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।
सुपर शोको टीसीमा १.९ किलोवाटको वोस मोटर रहेको छ । यो मोटरसाइकलको टप स्पीड ८० किलोमिटर प्रतिघन्टा रहेको छ । यसमा भएको ब्याट्रीले ८० देखि १६० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ ।
त्यस्तै टीसी वन्डररमा २.५ किलोवाट क्षमताको मोटर उपलब्ध छ । यसको टप स्पीड ७५ किलोमिटर प्रतिघन्टा रहेको छ । यसमा रहेको ब्याट्रीले १०० देखि २०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ ।


