काठमाडौं । काठमाडौंमा विद्युतीय सवारी साधनको र्याली आयोजना गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा विद्युतीय परिवहन निर्मात तथा आयात संघले उक्त र्याली सम्पन्न गरेको हो ।
उक्त र्यालीको वन तथा वातावरणमन्त्री विरेन्द्र महतोले उद्घाटन गरेका थिए ।
काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको र्याली भद्रकाली, नयाँ बानेश्वर, पुरानो बानेश्वर, ज्ञानेश्वर, दरबार मार्ग हुँदै पुनः भृकुटीमण्डप पुगेर समापन भएको थियो ।
उक्त र्यालीमा १० विद्युतीय बस, १५ माइक्रो बस, १५ टेम्पो, ४० कार र १०० भन्दा धेरै स्कुटर तथा मोटरसाइकलको सहभागीता थियो ।


