दिपलले कम मूल्यको नयाँ एसयूभी ‘एस-०५’ एक महिनापछि ल्याउने

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक दिपलले नयाँ एसयूभी ल्याउने भएको छ । कम्पनीले सेप्टेम्बरमा बजारमा ल्याउने गरी दिपल एस-०५ मोडलको तयारी गरेको हो ।

चांगानको सहायक कम्पनी दिपलको एस-०७ मोडल नेपाली बजारमा पनि निचै सफल हुँदै गएको मोडल हो । थाइल्याण्ड र चीनमा पनि दिपल राम्रो गर्दै आएको ब्राण्डमा पर्छ ।

दिपलको चौथो मोडलको रुपमा आउन लागेको एस-०५ चीनमा परीक्षणको क्रममा देखिदै आएको छ । कम्पनीले यसलाई एस-०७ कै जस्तो प्योर ईभी र इआरईभी मोडलमा उपलब्ध हुनेछ ।

दिपल एस-०५ मा १८ वा २० इन्चको अलोय ह्वील रहनेछ । यसमा पनि एस-०७को जस्तै फ्रेम लेस डोर, हिडन फ्लस डोर ह्याण्डल, स्लेन्डर हेडलाइट र क्लोज फ्रन्ट ग्रिल रहने छ ।

एसयूभीको पछाडि कनेक्टेड टेललाइटबमर, एल्मुनियटेड लोगो, हाइ माउण्टेड ब्रेक लाइट, पानारोमीक शनरुफ पाउन सकिन्छ ।

दिपल एस-०५ अघिल्लो एसयूभी एस-०७ भन्दा केहि सानो साइजमा आउने छ । यसको लम्बाई ४६२० एमएम, चौडाई १९०० एमएम र उचाई १६०० एमएम रहेको छ ।

दिपलले एस-०५ ईभीमा १७५ किलोवाटको इलेक्ट्रीक मोटर र ५६.१२ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्रीप्याक रहने छ ।


Back_to_top