काठमाडौं । बीवाइडीको नेपालका लागि आधिकारिक साइमेक्स इंकले काठमाडौंको कालिमाटीस्थित दुई पकेट वनक्षेत्रमा ५५० वृक्षरोपण गरेको छ ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अभियान मार्फत द हिडन ट्रेजर, रिभोलुसन प्रोजेक्ट र काठमाडौं महानगरपालिका वडा नं। १३ सँगको सहकार्यमा उक्त वृक्षरोपण सम्पन्न गरेको हो ।
वृक्षरोपणमा मिस नेपाल २०२४ का प्रतियोगीहरूले समेत उत्साहजनक रुपमा सहभागिता जनाएका थिए । यसले अभियानको प्रभाव र पहुँच बढाउन थप भूमिका खेलेको कम्पनीले बताएको छ ।
नयाँ पकेट फरेस्टमा रोपिएका बिरुवाको वृद्धि र दिगोपनाका लागि आगामी तीन वर्ष सम्म सावधानीपूर्वक हेरचाह र सम्भार गरिने छ । प्रदूषणले आक्रान्त बनेको काठमाडौं उपत्यकामा हरित र स्वस्थकर सहरी वातावरण निर्माण गर्नमा साइमेक्सको प्रतिबद्धतालाई यसले जोड दिन्छ ।
कालिमाटीमा अवस्थित बीवाइडी पकेट फरेस्टको प्रभाव दीर्घकालीन रुपमा रहने छ । यसबाट ५ वर्ष पछि २९५ टन अक्सिजन उत्पादन हुनेछ भने १११ टन कार्बन स्टोर हुनेछ ।
त्यसैगरी १० वर्ष पछि ५९१ टन अक्सिजन उत्पादन हुने र २२२ टन कार्बन स्टोर हुनेछ भने २० वर्ष पछि ११८२ टन अक्सिजन उत्पादन हुने र ४४३ टन कार्बन स्टोर हुनेछ ।
साइमेक्स इंकका चिफ मार्केटिङ अफिसर समिर श्रेष्ठले ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट अभियान अन्तर्गत कालिमाटीमा सफलतापूर्वक ५५० वृक्षरोपण गरेकोमा आफूहरू उत्साहित रहेको बताए ।
‘यो पहल वातावरणीय दिगोपना र सामुदायिक संलग्नतामा हाम्रो समर्पणको प्रमाण हो । यो प्रोजेक्टलाई वास्तविकतामा परिणत गर्नका लागि गर्नुभएको अमूल्य सहयोगप्रति द हिडन ट्रेजर, मिस नेपाल २०२४ का प्रतियोगी, द रिभोलुसन प्रोजेक्ट र काठमाडौं महानगर वडा नं। १३ लाई हामी कृतज्ञता व्यक्त गर्दछौं,’ उनले भने ।
‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अभियानले विशेषतः सहरी क्षेत्रमा हरियाली निर्माण गर्न र वातावरणीय दिगोपनाका लागि योगदान गर्ने लक्ष्य लिएको छ । यसबाट साइमेक्सले वातावरणीय ह्रासको हानिकारक नतिजाहरूको लामो समय देखि सामना गरिरहेको काठमाडौं उपत्यकामा वायु प्रदूषणको प्रभावलाई कम गर्न खोजेको छ ।