दीपल एस-०५ यही हप्ता लन्च हुने, लग्जरी क्रसओभरको मूल्य कति ?

काठमाडौं । इलेक्ट्रीक कार सेग्मेन्टमा लक्जरीलाई प्राथमिकता दिँदै अब्बल सावित भएको दीपल ब्राण्डको नयाँ क्रसओभर एसयूभी एस-०५ यही साताबाट बिक्री सुरू हुने भएको छ । सम्भवतः आगामी बिहीबार लचिङ गर्ने तयारी भइरहेको एस-०५ लग्जरी मोडल हो ।

चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले लक्जरी, स्टाइल र प्रविधिको संयोजन भएको नयाँ एसयूभी एस-०५ नेपाल ल्याइसकेको छ । दीपल एस-०७ को सफलतापछि आएको एस-०५ ले कम्प्याक्ट सेग्मेन्टमा अझ बढी परिस्कृत एसयूभी ल्याउन लागेको हो ।

विश्वप्रसिद्ध आइएफ डिजाइन अवार्डबाट सम्मानित दीपल एस-०५ लाई बोल्ड एरोडाइनामिक सिलहट, फ्रेमलेस डोर र स्टार फिडरबाट प्रभावित एइडी टेल लाइटले वास्तविक डिजाइन स्टेटमेन्ट बनाउँछ ।

एस-०५ भित्र पस्ने बित्तिकै जोकसैले प्रिमियम र लक्जरीको आभाष पाउनेछ । सेग्मेन्ट लिडर फिचरमा जिरो ग्राभिटी कम्फर्ट, भेन्टिलेसन, लेग सपोर्ट, मेमोरी फंसन र वान टच न्याप मोड सहितको क्विन को-पाइलट रहेको छ ।

यसका दुवै सिट वेलकमिङ छन् । ठूलो १६० लिटरको फ्रंक, आउट डोरसहित १४ वटा स्पिकर भएको सराउन्ड साउन्ड सिस्टम र रिफाइन्ड इन्टेरियर क्राफ्टम्यानसिप रहेको छ । यसले हरेक यात्रालाई लक्जरियस बनाउनेछ ।

नयाँ एस-०५ मा सेग्मेन्टमै नभएको रिमोट इन एन्ड आउट पार्किंङ छ । जसले साँघुरो पाकिंग स्पेसमा पनि सहजै पार्क गर्न सहयोग गर्नेछ । साथै यसमा एड्भान्स ड्राइभर असिस्ट्यान्स (एसाड २.०) छ । जसको १९ वटा सेफ्टी फिचरले ड्राइभिङ कन्फिडेन्स बढाउनेछ ।

त्यसैगरी, एस-०५ मा सेग्मेन्टमै पहिलो पटक अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले रहेको छ । जसले लाइभ नेभिगेसन, ट्राफिक सिग्नल, स्पिड लगायत ड्राइभरलाई चाहिने सबै सूचना विन्डशिल्डमा प्रोजेक्ट गरेर सुरक्षा र स्मार्ट ड्राइभिङ्गको अनुभव दिलाउँछ ।

दीपलले नयाँ एस-०५ मा विश्वकै सबैभन्दा ठूलो ब्याट्री निर्माता कम्पनी सीएटीएलले बनाएको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.० प्रयोग गरिएको छ । यसको लाइफस्पान ६ लाख किलोमिटर माथि हुनेछ ।

नयाँ दीपल एस-०५ ले नेपालको ईभी बजारमा दीपल एस-०७ ले कायम गरेको दबदबालाई अझै बलियो बनाउने अपेक्षा आधिकारीक बिक्रेता एमएडब्लु वृद्धिले राखेको छ ।

अहिलेसम्म आधिकारिक मूल्य कम्पनीले सार्वजनिक गरेको छैन । तर, पनि ५० लाखदेखि ६० लाख रुपैयाँ भित्रै रहने गरी यसको मूल्य कायम हुने अनुमान छ ।


Back_to_top