पावरफुल १.५ टीएसआई इन्जिनमा टाइगुन जीटी स्पोर्टस

काठमाडौं । नेपाली बजारमा पावरफुल १.५ लिटरको टीएसआई इन्जिन भएको टाइगुन जीटी लाइन एसयूभी उपलब्ध भएको छ । नेपालको लागि फक्सवागेनको आधिकारिक वितरक पूजा इन्टरनेशनलले गत साता नाइमा नेपाल मोबिलिटी एक्स्पोमा पावरफुल कार सार्वजनिक गरेको हो ।

यसअघि नेपाली बजारमा १.० लिटरको इन्जिनमा मात्र टाइगुन बिक्री भइरहेको थियो । कम्पनीले टाइगुनको जीटी प्लस स्पोट्स भेरियन्ट १.५ लिटरको टीएसआई इन्जिनको साथमा ६ स्पीडको म्यानुअल ट्रास्मिसन र ७ स्पीडको डीएसजी ट्रासमिसनको अप्सन दिएको छ ।

फक्वागेनको ४ सिलिण्डर भएको यो टीएसआई प्रविधिमा एक्टिभ सिलिण्डर मेनेजमेन्ट टेक्नलोजी रहेको छ । यो टेक्नलोजीले लो वा मिडियम लोड कण्डिसनमा आवश्यश्ता अनुसार ४ मध्ये २ सिलिण्डरलाई आइडर राख्छ । जसले गर्दा फ्युल इफिसियन्सी अत्याधिक पाउन सकिन्छ । यदि इन्जिनमा धेरै पावर चाहिएमा डिएक्टिभेट भएको सिलिण्डर तुरुन्तै आफैं चल्न थाल्छ ।

फक्सावागेनको विश्व प्रसिद्ध टीएसआई इन्जिनले ५००० देखि ६००० आरपीएममा १५० पीएस पावर र १६०० देखि ३५०० आरपीएममा २५० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । टीएसआई इन्जिनको पावर र लोआरपीएम टर्कले गर्दा टाइगुन जीटी स्पोट्स एसयूभीमा फन टु ड्राइभ एक्सपिरियन्स पाउन सकिन्छ ।

यो एसयूभीको फ्रन्टमा सिग्नेचर ट्रापेजोडियल विङ्, ग्लसी ब्ल्याक फ्रन्ट, एलईडी डीआरएल, डार्केन्ड एलईडी हेडल्याम्प, सार्प ड्युल सोल्जर लाइन, इन्फिनीटी एलईडी टेलल्याम्प लगायत फिचर छन् ।

१.५ टाइगुन स्पोट्समा प्रिमियम ब्ल्याक इन्टेरियर डिजाइन रहेको छ । यो एसयूभीमा ११ इन्चको भीडब्लू प्ले टचस्क्रीन इन्फोटेन्मेन्ट स्क्रीन, ६ वटा स्पीकर, एम्प्लीफायर र सबउफर सहितको डिजिटल साउण्ड प्याकेज, वायर्ड एण्ड वायरलेस एण्डरोइड अटो र एप्पल कारप्ले, प्याडल सिफ्टर, इलेक्ट्रीक सनरुफ, भेन्टिलेटेड सनरुफ, भेन्टिलेटेड एण्ड लेदरेट फ्रन्टसिट छ ।

सुरक्षाको लागि यो एसयूभीमा ६ वटा एयरब्याग, ईसीएस, हिलहोल्ड असिस्ट, मल्टिकोलुजन ब्रेक, इलेक्ट्रोनिक डिफ्रेन्सियल लक, हाइड्रोलिक ब्रेक बुस्टर, क्रयास वार्निङ सिग्नल, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रीब्युसन, ब्रेक असिस्ट, ट्रयाक्सन कन्ट्रोल सिस्टम लगायत ४० बढी फिचर छन् ।

पूजा इन्टरनेशनलले टाइएगुनको जीटी प्लस स्पोट्स १.५ टीएसआईको म्यानुअलको मूल्य ८९ लाख र अटोमेटिक डीएसजी अप्सनको ९३ लाख रुपैयाँ तोकेको छ ।

कम्पनीले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै आकर्षक छुट अफर समेत ल्याएको छ । जस अन्तर्गत ग्राहकले क्यास डिस्काउण्ट, एक्सचेन्ज बोनस, ६ महिनासम्म शून्य प्रतिशत ब्याज, चार वर्षसम्म कन्जुमेबल पार्टस सित्तैमा, पहिलो १ वर्षसम्म सित्तैमा पेट्रोल, १ वर्षको बीमा तथा सडक कर र एसोसरिज निःशुल्क पाउने छन् ।


Back_to_top