काठमाडौं । चांगानको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले नयाँ एसयूभी दीपल एस-०५ नेपाल ल्याउने प्रक्रिया सुरु गरेको छ । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने एस-०५ फिचर लोडेड एसयूभी हुनेछ ।
दीपलले यसअघि ल्याएको एस-०७ को सफलतासँगै बजारमा अलगै पहिचान स्थापित गर्न सफल भएको छ । त्यसको निरन्तरताको रुपमा कम्पनीले नयाँ एसयूभी एस-०५ नेपाल ल्याउन लागेको हो ।
थाइल्याण्डमा उत्पादन भएर नेपाल आउने एस-०५ सेग्मेन्ट फस्ट थुप्रै फिचरको साथ आउने अपेक्षा गरिएको छ । तर, कस्तो गाडी नेपाल आउँदैछ भन्ने विषयमा अहिलेसम्म एमएडब्लू वृद्धिले कुनै आधिकारीक जानकारी बाहिर ल्याएको छैन ।
दीपलले आफ्नो ३ लाख यूनिट कार बिक्री पुरा गरेको अवसर पारेर गत अक्टोबरमा चीनबाट यसको बिक्री सुरु गरेको थियो
साइजमा पनि निकै आकर्षक एस-०५ एसयूभीको लम्बाइ ४६२० एमएम, चौडाइ १९०० र उचाइ १६०० एमएम छ । यसको ह्वीलवेस पनि २८८० एमएम लामो छ ।
हाइडेफिनेशन क्यामेरा, फाइभ मिलिमिटर वेभ राडार, १२ अल्ट्रासोनीक रेडार सहितको एसयूभीमा दीपल एस-०७ जस्तै मोर्डन फिचर, डिजाइन र टेक्नोलोजी प्रयोग भएको छ । इन्टेलिजेन्ट पार्किङ सिस्टम, क्रुज कन्ट्रोल, लेन रेन्टरिङ कन्ट्रोल जस्ता फिचर यसमा छन् ।
स्टील र आल्मुनियमको बडी, ६ वटा एयरब्याग, हिडन एसी भेन्ट उपलब्ध एसयूभीमा १५.४ इन्चको सेन्टर स्कृन पाउन सकिन्छ ।
क्वालकमको एसए ८१५५पी अटोमोटीभ चीप्स जडान भएको एस-०५ मा ठूलो एचयूडी रहेको छ । दीपलले यसमा १७५ किलोवाटको मोटर र ५६.१२ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक दिएको छ । सीएलटीसीको अनुसार यो गाडीले ५१० किलोमिटर रेन्ज दिने छ । तर, रियल वल्र्डमा यसको रेन्ज ४०० किलोमिटर आसपार रहने अनुमान गर्न सकिन्छ ।
दीपलले एस-०५ मा ५० वाटको वायरलेस चार्जर, ८ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, पानारोमिक सनरुफ, ६४ कलरमा उपलब्ध एम्बीयन्ट लाइट र ४९२ लिटरको ठूलो बुट स्पेस यसको बलियो पक्ष हो ।
मूल्यमा धेरैको चासो
एमजीले नयाँ एसयूभी एस-५ को सुरुवाती मूल्य ४३ लाख ९९ हजार रुपैयाँ कायम गरेसँगै नयाँ आउने ईभीको मूल्यमा धेरैको चासो बढ्न थालेको छ ।
चीनमा विभिन्न ४ भेरियन्टमा बिक्री सुरु भएको एस-०५ एसयूभी प्रो, प्लस, म्याक्स र अल्ट्रा भेरियन्टमा उपलब्ध भएको छ । कम्पनीले प्रो भेरियन्टको मूल्य १६ हजार ९०० अमेरिकी डलर तोकेको छ ।
त्यसैगरी, प्लस भेरियन्टको मूल्य १७ हजार ७०० डलर, म्याक्स भेरियन्टको १९ हजार १०० र अल्ट्रा भेरियन्टको मूल्य २० हजार ५०० डलर राखेर बिक्री गर्दै आएको छ ।
नेपाली बजारमा ५० लाखदेखि ६५ लाख भित्रै मूल्य रहनेगरी एस-०५ मोडल उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।