बिर्तामोडमा दीपल एस ०५ सार्वजनिक, टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प हुँदै

काठमाडौं । नेपालका लागि दीपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले कोशी प्रदेशको केन्द्र बिर्तामोडमा इलेक्ट्रीकक एसयूभी दीपल एस०५ सार्वजनिक गरेको छ ।

बिहीबार आयोजित एक कार्यक्रमका बीच कम्पनीले लक्जरी, स्टाइलिस र टेक्नोलोजीले भरिपूर्ण एसयूभी एस ०५ फाइभ सार्वजनिक गरेको हो ।

नेपालमा सार्वजनिक भएको केही सातामै २०० युनिट भन्दा धेरै बिक्री भइसकेको दीपल एस०५ ले अब पूर्वी नेपालको ईभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीले जनाएको छ ।

दीपल एस०५ मा विश्वकै ठूलो ब्याट्री निर्माता सीएटिएलको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.० दिइएको छ । जसको चार्जिंग साइकल ५ हजार (६ लाख किलोमिटर) को लाइफस्पान छ ।

दीपल एस०५ मा दुवै फ्रन्ट सिट वेलकमिंग, भेन्टिलेटेड र हिटेड छन् । साथै, यसमा क्विन कोपाइलट सिट दिइएको छ जसले जिरो ग्राभिटी, लेग सपोर्ट र वान टच न्याप मोड मार्फत यात्रामा अद्वितीय आराम दिन्छ ।

साथै यसमा सेग्मेन्ट–एक्स्क्लुसिभ रिमोट इन एण्ड आउट पार्किङको सुविधा छ जसले साँचोको प्रयोग गरेर ड्राइभरले सजिलैसँग गाडीलाई अगाडि र पछाडि सार्न सकिन्छ । यसमा सेग्मेन्टमै पहिलो पटक अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले छ । जसले लाइभ नेभिगेसन दिनुका साथै अत्यावश्यक ड्राइभिङ सूचना सीधै विन्डशिल्डमा प्रोजेक्ट गर्छ ।

१४.४ इन्चको सनफ्लावर टचस्क्रिन रहेको दीपल एस०५ मा इन्टरनेट कनेक्टिभिटी रहेको छ ।

बिर्तामोडमा खुल्यो नयाँ शोरुम, टेस्ट ड्राइभ र एक्सचेन्ज सुरू

यसैबीच, बिहीबारदेखि बिर्तामोडमा दीपलको नयाँ स्टेट अफ आर्ट शोरुम संचालनमा ल्याइएको छ । अब यो क्षेत्रमा आरए मोटर्सले दीपलका अत्याधुनिक ईभीको विक्रीवितरण र बिक्रीपछिको सेवा उपलब्ध गराउनेछ ।

सोही अवसरमा दीपलले विभिन्न अफरहरूसहित शनिबारदेखि तीनदिने लामो विशेष टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज क्याम्प सुरू भएको छ ।

जहाँ ग्राहकले दीपलका अत्याधुनिक ईभी लाइनअप दीपल एस०७ आईसीए, दीपल एल०७ र अवतार ११ र दीपल एस०५ को पनि टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

त्यस्तै, ग्राहकले आफूसँग भएका पुराना गाडी दीपलका ईभीसँग साट्न सक्नेछन् । ग्राहकले आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकन पाउनुका साथै केही निश्चित दीपल मोडेलमा नगद छुट, निःशुल्क रोड ट्याक्स, इन्स्योरेन्स र ट्राभल चार्जर निःशुल्क पाउने छन् ।

यो कार्यक्रममा दीपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि प्रदर्शनीमा राखिनेछ । ग्राकहले आर्टिफिशियल इन्टेलिजेन्स र अटोमेसनमा चांगानको अग्रगामी सोचको प्रत्यक्ष अनुभव गर्न पाउने छन् ।


Back_to_top