दिपल एस-०७ मा किन झुम्मिए ग्राहक (भिडियो रिभ्यू)

काठमाडौं । नेपाल आएको दुई महिनामै ३७० यूनिट आयात भएको दिपल एस-०७ ले नयाँ सेग्मेन्ट क्रियट गर्न सफल भएको देखियो । चिनियाँ ब्राण्डले उत्पादन गरेको नयाँ कारमा रहेका आधुनिक फिचरसँगै लग्जरी यात्रा मिल्ने भएकै कारण युवा पुस्ताको रोजाईमा एस-०७ परेको हो ।

फिचरको आधारमा लोडेड, साइजमा ठूलो भएर पनि यसको मूल्य ७२ लाख मात्रै हुँदा धेरैले यसलाई भ्यालू फर मनी कारको रुपमा अथ्र्याए । अहिले नयाँ बजेटपछि यसको मूल्य ३ लाख रुपैयाँले वृद्धि गरेर ७५ लाख बनाइएको छ ।

हाइवे यात्रामा निस्कदा ठूलो साइजको कारण लगेज राख्नदेखि पछाडि यात्रा गर्ने यात्रुको लागि आरामदायी यात्रा यसले प्रदान गर्नेछ । यसको लम्बाई ४७५० एमएम, चौडाई १९२१ एमएम र उचाई १६२५ एमएमको रहेको छ । यो ईभीमा २८९० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।

विद्युतीय गाडीको महत्वपूर्ण कुरा भनेको ब्याट्री र मोटर हो । यसमा ६६.८ किलोवाट आवरको टर्नरी लिथियम (एनएमसी) ब्याट्री प्याक रहेको छ । यसलाई सिंगल चार्जमा ४३० किलोमिटर गुडाउन सकिने डब्लुएलटीपीले प्रमाणित गरेको छ । मोटर भने ९९ किलोवाट पीक पावरको छ । यसले ३२० एनएम टर्क प्रदान गर्छ ।

समग्र यसको रिभ्यूको बारेमा जान्न भिडियोमा हेर्नुहोला ।


Back_to_top