१० लाख डाउन पेमेन्टमै किन्न सकिन्छ डिएफएसके ब्राण्डका एसयूभी, यस्तो छ नगद छुट

काठमाडौं । डिएफएसकेको आधिकारीक वितरक कुजु नेपालले दशैं र तिहार लक्षित योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो एसयूभी ग्लोरी ५६० र ग्लोरी ५८० किन्न चाहने ग्राहकलाई १० लाख डाउन पेमेन्टमा नै गाडी उपलब्ध गराउने जानकारी दिएको छ ।

साथै, कम्पनीले ४ लाख रुपैयाँसम्म नगद छुट वा ६ महिनासम्मको मासिक किस्ता तिरिदिने जनाएको छ ।

‘अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै हामीले डिएफएसकेको कुनैपनि मोडलको खरिदमा अफर दिएका हौँ । अहिले हामीले ग्लोरी ५६० र ग्लोरी ५८० एसयूभी नेपालमा बिक्री वितरण गर्दै आएका छौं’, कम्पनीका संचालक उमिद श्रेष्ठले भने ।

तत्काल डाउन पेमेन्ट नहुने ग्राहकलाई मध्यनजर गर्दै १० लाख रुपैयाँ डाउन पेमेन्ट बुझाएर गाडी लान सक्ने अफर दिएको कम्पनीको भनाई छ । कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट तिरेर डिएफएसकेका एसयूभी किन्न चाहने ग्राहकलाई ६ महिनाको मासिक किस्ता कम्पनीले नै तिरिदिने व्यवस्था समेत गरेको छ ।

यी मध्य कुनै पनि योजना छनोट गरेर ग्राहकले आफ्नो लागि नयाँ एसयूभी खरिद गर्न सक्ने छन् । साथै, गाडी किन्ने ग्राहकले लक्की ड्र मार्फत ५ लाखको बम्पर पुरस्कार पनि जित्न सक्ने छन् ।

पुराना गाडी लिएर एक्सचेन्जमा आउने ग्राहकलाई पनि कम्पनीले १ लाख रुपैयाँ सम्मको वोनस र २०७७÷७८ को सडक दस्तुर कम्पनीले नै तिरिदिने छ ।

हाल डीएफएसके ब्राण्डका गाडीहरू नेपाललगायत युरोप, ल्याटिन अमेरिका, अफ्रिका, एसिया तथा मिडल–इस्टका ६१ देशहरूमा निर्यात भइरहेको छ । डिएफएसकेको फ्याक्ट्री चाइना तथा इन्डोनेसियामा रहेको छ ।


Back_to_top