ध्रुब थापाले घोषणा गरे नाडा चुनावको लागि आफ्नो प्यानल, समावेसी टिम निर्माण गरेको दावी

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको आगामी निर्वाचनका लागि अध्यक्ष पदका उमेद्वार ध्रुब थापाले आफ्नो प्यानल सार्वजनिक गरेका छन् । हिजो अर्का अध्यक्षका उमेद्वारले करण चौधरीले आफ्नो प्यानल घोषणा गरेका थिए ।

आगामी मंसिर २२ र २३ गते हुने नाडा निर्वाचनमा यसरी पुरै दुई प्यानल निर्माण भएर पहिलो पटक निर्वाचन हुन लागेको हो । ध्रुव थापाले आज सार्वजनिक गरेको टीममा हाल कार्यसमितिमा रहेका ५ जना र अन्य ११ जना व्यवसायीहरुलाई समेटर प्यानल घोषणा गरेका हुन् ।

थापाको प्यानलमा नाडाको वर्तमान कार्य समितिमा रहेका आकाश गोल्छा, निराकार श्रेष्ठ, कपिल शिवाकोटी, दिपक अग्रवाल र शुभाशिष थपलिया रहेका छन् ।

त्यसैगरी पहिलो पटक नाडामा महिला सदस्यको रुपमा यमुना श्रेष्ठले उमेद्वारी दिएकी छिन् । उनी नेपालमा विद्युतीय सवारी साधन आयातमा संग्लग्न व्यवसायी हुन् ।

थापा प्यानलबाट अन्य उमेद्वारमा अमरज्योति रञ्जित, बिएन पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायणप्रसाद पौडेल (राजन), प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बि.एस. कंसाकार, संजय खेतानले उमेद्वारी दिने घोषणा गरेका छन् ।

नाडाको इतिहास मै समावेशी प्यानल निर्माण गरेको दावी गर्दै अध्यक्ष पदका उमेद्वार थापाले भने, ‘हरेक क्षेत्रका व्यवसायी हामीले समेटेका छौं । सबै क्षेत्रको समस्या समाधानमा यो टीम सक्षम छ ।’

थापाले नाडाको निर्वाचनमा लिखित प्रतिवद्धता पत्र पनि सार्वजनिक गरेका छन् । उनले आफ्नो प्रतिवद्धता पत्रमा सचिवालय सुधार, नीतिगत सुधार, अटो शो विस्तार, अटो जोन निर्माण, डाटा हव निर्माण, सामाजिक उत्तरदायित्व विस्तार जस्ता काम गर्ने उल्लेख गरेका छन् ।


Back_to_top