होन्डा सिबी ३०० आर भारतमा बन्ने

काठमाडौं । भारतीय बजारमा आक्रमक बजार विस्तारको रणनीति निर्माण गरेर एकपछि अर्को मोटरसाइकल सार्वजनिक गर्दै आएको होन्डाले नयाँ मिड रेञ्जको मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले सन् २०१९/२० मा भारत ल्याएर विक्री गरेको सिबी ३०० आर मोडल अब भने भारतमै उत्पादन गर्ने रपोर्टहरु सार्वजनिक भएका छन् ।

होन्डाले नियो रेट्रो स्टाइलमा ल्याएको सिबी ३०० आर नेकेड डिजाइनमा आधारित मोटरसाइकल हो । २०२० अप्रिलबाट भारतले बीएस ६ मापदण्ड लागु गरेपछि यसको विक्री बन्द भएको थियो । कम्पनीले अव नयाँ प्रदुषण मापदण्ड अनुसार यसको उत्पादन गर्न लागेको हो ।

होन्डा सिवी ३०० आरमा २८४ सीसी क्षमताको लिक्वीड कुल्ड, फोर भल्भ सिंगल सिलिण्डर इन्जिन दिने छ । उक्त इन्जिनले अधिकतम ३० पीएस पावर र २७.५ एनएम टर्क प्रदान गर्नेछ ।

भारतीय बजारमा यसको उत्पादन हुने हो भने नेपाली बजारमा पनि विस्तारै यो मोडल उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top