तीन भेरियन्टमा आयो डिजेल इन्जिनमा क्रेटा, यस्तो छ मूल्य

काठमाडौं । नेपालमा सर्वाधिक विक्री हुने कम्प्याक्ट एसयूभी हुन्डाई क्रेटाको क्रेज निरन्तर बढि रहेको छ । कम्पनीले गत भदौमा नयाँ जेनेरेशन क्रेटा बजारमा ल्याएसँगै यसको उच्च माग रहँदै आएको छ ।

सुरुमा कम्पनीले दुई भेरियन्टमा डिजेल र ३ भेरियन्टमा पेट्रोल इन्जिनमा क्रेटा बजारमा ल्याएको थियो । तर, बीचमा डिजेल क्रेटा आएको थिएन ।

हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले डिजेल क्रेटाको तीन भेरियन्ट नेपाल ल्याएको छ । यसअघि ल्याएको इ भेरियन्ट र एस भेरियन्टको अलावा अहिले इ लोडेड भेरियन्ट पनि ल्याएको छ ।

१.५ लिटर क्षमताको १४९३ सीसीको इन्जिनमा उपलब्ध हुन्डाई क्रेटा डिजेलको इ भेरियन्टको मूल्य ४४ लाख ९६ हजार, इलोडेड भेरियन्टको ४५ लाख ५६ हजार र एस भेरियन्टको ५६ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

यसमा रहेको डिजेल इन्जिनले ४००० आरपीएममा ११३ बीएच पावर र १५०० आरपीएममा २५० एनएम टर्क प्रदान गर्छ ।


Back_to_top